फोहरलाई मोहरमा बदल्न सकिन्छ, बोरामा हाल्ने अनि बाटोमा फाल्ने ? | Khabarhub Khabarhub

फोहरलाई मोहरमा बदल्न सकिन्छ, बोरामा हाल्ने अनि बाटोमा फाल्ने ?


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया हरेक व्यक्तिको घरबाट दैनिक न्यूनतम करिब ५ केजी फोहर निस्किने गर्छ । विशेषगरी शहरी क्षेत्रमा बढी फोहर निस्किन्छ । हामी सबैको बानी के छ भने घरमा भएको फोहरलाइ बोरामा हाल्ने र नगरपालिकाको गाडी आएपछि फाल्ने अन्यथा बाटोमा लगेर फ्याक्ने ।

महानगरको गाडी केही दिन ढिला पुगेमा स्थानीय टोल टोलमा फोहरले दुर्गन्ध मच्चाउँछ । त्यसैले हामीले घरबाट निस्किएको फोहरमैलालाई घरमै पनि व्यवस्थापन गर्न सकिन्छ ।

कतिपयले यसलाई व्यवहारमा उतारेको पनि हुनुहोला । तर कतिपयले यसलाई जानीजानी बेवास्ता गरेका हुन्छन् भने केहीले नजानेर । शहरी विकास मन्त्रालय अन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका अनुसार ९३ प्रतिशत फोहर पुनः प्रयोग गर्न सकिन्छ ।

तर, हालसम्म फोहरलाइ मानिसले दैनिक पुनः प्रयोग भने गर्न सकेको पाइँदैन । फोहर व्यवस्थापनमा सरकारी, औद्योगिक र स्थानीय तहले आ-आफ्नो स्थानबाट भूमिका निभाउनुपर्छ ।

कुरा सानो भए पनि यसले स्वास्थ्यमा गम्भीर असर निम्त्याउने विषयमा उनीहरु सचेत हुनुपर्छ ।

फोहर व्यवस्थापनलाई आम्दानीका स्रोतमा समेत परिवर्तन गर्न सकिने भए पनि हामी कहाँ त्यस्ता जीम्मेवार निकायहरुले जनचेतनामूलक कार्यक्रम गर्न सकेको पाइँदैन । पहिलो कुरा त स्थानीयलाई फोहरमैला सम्बन्धी परीक्षण दिन जरुर देखिन्छ ।

फोहरलाई प्रशोधन गर्न सकेमा ऊर्जाको स्रोतमा पनि परिणत गर्न सकिन्छ । घरबाट निस्कने फोहरलाई कम्पोष्ट मल बनाएर तरकारी खेतीमा प्रयोग गर्न सकिन्छ ।

कम्पोष्ट मलको प्रयोग गर्दा विरुवाहरु मौलाउने गर्छन् भने विषादीयुक्त तरकारीबाट छुटकारा मिल्छ । यसरी घरमा उत्पादन हुने फोहर कुहिने र नकुहिने छुट्याएर कुहिने फोहर आफैले व्यवस्थापन गर्न सकेमा फोहरको व्यवस्थापन हुन्छ ।

शहरी क्षेत्रमा धेरैजसो मानिसहरु व्यापार व्यवसायमा संलग्न रहेका छन् । व्यवसायबाट उत्पादन भएका फोहरहरुले पनि ठूलो जोखिम निम्त्याइरहेको हुन्छ ।

फलाम, स्टिल तथा प्लाष्टिकजन्य वस्तुका टुक्रा कवाडीलाई बेच्न सकेमा राम्रो हुन्छ । एकातिर आम्दानी पनि हुने अर्कातिर जथाभावी फोहर पनि नहुने । त्यसैले स्थानीय स्तरबाटै फोहरलाई व्यवस्थापन गर्न सबैजना जानकार हुनु आवश्यक छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ६ : १७ बजे

सत्तासँग सिद्धान्त हार्दा दलहरू बदनाम

नेपालको राजनीति फेरि गम्भीर मोडमा पुगेको छ । दलहरू संविधानत निर्णय

जङ्गली हात्ती मृत फेला

झापा– झापाको मेचीनगर नगरपालिका– १ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत

राजीनामा दिएका अखिल अध्यक्ष कडरिया फर्कन खोजेपछि बागमतीका ६ अध्यक्ष र इन्चार्जको आपत्ति

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजीनामा दिएका डाक्टर सुजन

गोरखाको अजिरकोटमा पहिलो पटक फल्यो स्याउ (तस्बिरहरू)

गोरखा– गोरखाको अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल

बजेट अभावमा निसीखोला आधारभूत अस्पताल अलपत्र

बागलुङ– चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल