कान्छी श्रीमतीमाथि छुरा घोपेर भाग्दै गरेका रोशन पक्राउ | Khabarhub Khabarhub

कान्छी श्रीमतीमाथि छुरा घोपेर भाग्दै गरेका रोशन पक्राउ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– आफ्नी कान्छी श्रीमतीमाथि छुरा प्रहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१० घडिअर्वा बस्ने गिरधारी साहका २४ वर्षीय छोरा रोशन कुमार गुप्ता छन् ।

उनले आफ्नी कान्छी श्रीमती २२ वर्षीया मनु चौधरीलाई घुम्न जाने भन्दै वीरगन्ज महानगरपालिका– १९ भिष्वा डाँडामा बोलाएर घाँटीमा छुरा घोपेका थिए ।

श्रीमानले छुरा प्रहार गरेपछि घाइते भएकी मनुलाई प्रहरीको सहयोगमा उद्दार गरी स्थानीयले उपचारका लागि नारायणी अस्पताल पु¥याएका थिए ।

मनुको अहिले वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कान्छी श्रीमतीलाई छुरा घोपेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका रोशन अहिले प्रहरी हिरासतमा छन् । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ६ : १६ बजे

नवराज सुवेदीले चैत ४ मा भनेका थिए- राजा ल्याउन लागेँ, आजैदेखि राप्रपाको साधारण सदस्यसमेत रहन्न

काठमाडौं- राजावादी आन्दोलनको माहोल तातेपछि हौसिएका ८६ वर्षीय नवराज सुवेदीले

यस्ता छन्, राष्ट्रिय जनसङ्ख्या नीति २०८२ का १६ लक्ष्य

काठमाडौं– सरकारले १५ वर्षदेखि १९ वर्षमुनिका किशोरीको प्रजनन दर घटाउनेदेखि

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप आक्रमण

प्रधानमन्त्रीले भने- स्पेनमा मान्छे छाडेर आयो भनेर झुट प्रचार गरियो

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

लम्कीचुहाँ– खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार