छवि र शिल्पाको विवाह दर्ता गराएका वडा सचिवको रहस्यमयी मृत्यु « Khabarhub

छवि र शिल्पाको विवाह दर्ता गराएका वडा सचिवको रहस्यमयी मृत्यु


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता छविराज ओझा र शिल्पा पोखरेलको विवाह दर्ता गराउने काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको निधन भएको छ ।

केही दिनअघि छविकी पहिलो श्रीमती हेमा ओझाले यसअघिको विवाहको प्रमाण नै नखोजी विवाह दर्ता गराएको भन्दै उनीमाथि अख्तियारमा उजुरी हालेकी थिइन् ।

निवेदन परेपछि केही दिनदेखि उनी तनावमा थिए । पहिलो श्रीमतीसँग विवाह दर्ता भए या नभएको नबुझी उनले विवाह दर्ता गरेको भन्दै उनी लगायत अन्यविरुद्ध अख्तियारमा उजुरी परेको थियो । ६ महिनाअघि वडासचिव प्रकाश पौडेललाई छविराज ओझाले दबाबमा पारेर विवाह दर्ता गर्न लगाएको स्रोतले बताएको छ ।

छवि र शिल्पाविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी गरिरहेका बेला वडा सचिवको निधन भएको हो । यो घटनालाई रहस्यमयी घटनाका रुपमा हेरिएको छ ।

परिवारका अनुसार उनको बिहान ३ बजे निधन भएको थियो । मृत्युको कारण अहिलेसम्म पनि खुलेको छैन ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ६ : १९ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको