बन्दको पूर्वसन्ध्यामा विप्लव नेकपाकी महिला नेतृ उपाध्याय पक्राउ « Khabarhub

बन्दको पूर्वसन्ध्यामा विप्लव नेकपाकी महिला नेतृ उपाध्याय पक्राउ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी महिला नेतृ धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लव नेकपाले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा प्रहरीले नेतृ उपाध्यालाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको हो । पक्राउ परेकी उपाध्याय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय महासचिव समेत हुन् ।

यसअघि पनि पटक–पटक गिरफ्तार परिसकेकी उपाध्याय लामो समयदेखि पार्टीको काठमाडौँ जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

सरकारले आफ्ना नेता कार्यकर्ता गिरफ्तार गरेको भन्दै सरकारी दमन र धरपकडविरुद्ध विप्लव नेकपाले बुधबार नेपाल बन्दको आह्वान गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामाको गिरफ्तारीविरुद्ध नेकपाले काठमाडौँ उपत्यकासहित १५ जिल्ला बन्दको आव्हान गरेको हो ।

पार्टीका प्रवक्ता प्रकाण्डले गत शनिबार विज्ञप्ति जारी गर्दै पार्टी उपत्यका व्युरो इन्चार्ज तथा जनसास्कृतिक मोर्चाका केन्द्रीय अध्यक्ष माइला लामा ‘प्रज्वल’लाई सरकारले गिरफ्तार गरेकोप्रति निन्दा र घोर भर्त्सना गरी तुरुन्त रिहाईको माग गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : ०५ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण