शैलुङमा ‘हाई अल्टिच्युड’ तेक्वान्दो ट्रेनिङ सेन्टर बन्ने | Khabarhub Khabarhub

शैलुङमा ‘हाई अल्टिच्युड’ तेक्वान्दो ट्रेनिङ सेन्टर बन्ने


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोलखाको शैलुङ गाउपालिकामा हाई अल्टिच्युड तेक्वान्दो ट्रेनिङ सेन्टर निर्माण हुने भएको छ । मंगलबार नेपाल तेक्वान्दो संघले पत्रकार सम्मेलन गरि तेक्वान्दोको उच्च क्षेत्रमा प्रशिक्षण गर्नका लागि हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्ने जनाएको हो ।

दोलखाको मुख्य पर्यटन स्थलका रुपमा रहेको शैलुङमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण भए खेलाडीहरुका लागि उच्च क्षेत्रमा अभ्यास गर्नु पर्दा सहज हुने संघले जनाएको छ ।

शैलुङ गाँउपालिका र तेक्वान्दो संघबीच मंगलबार जग्गा भोगचलन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल र संघका अध्यक्ष प्रकाश शमशेर राणाले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सम्झौतासँगै गाउँपालिकाले ट्रेनिङ सेन्टरका लागि करिब २ हजार ८ सय मिटरदेखि ३ हजार मिटरको उचाईमा रहेको ५ रोपनी क्षेत्रफलको जग्गा संघलाई उपलब्ध गराउनेछ ।

शैलुङ गाउँपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण हुने ट्रेनिङ सेन्टर ३ वर्षभित्र सक्ने तयारी हुने संघले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : ३९ बजे

खाँदबारी कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ

किमाथांका– जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट दुई जना

भारतमा फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्ने विधेयक प्रस्ताव

एजेन्सी– भारत सरकारले शीर्ष राजनीतिज्ञहरूलाई ३० दिनसम्म गिरफ्तार वा हिरासतमा

कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग 

विराटनगर– उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को