बैंक तथा वित्तीय संस्थाका सीईओको स्वच्छता परीक्षण राष्ट्र बैंकले गर्ने « Khabarhub

बैंक तथा वित्तीय संस्थाका सीईओको स्वच्छता परीक्षण राष्ट्र बैंकले गर्ने


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सिईओ)को स्वच्छता परीक्षण आफैंले गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुको सिईओको स्वच्छता परीक्षण गरी मौद्रिक नीति तय गरिएको जानकारी दिए ।

उनले मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बैंक तथा वित्तीय संस्थाको स्वच्छताका लागि पनि त्यसका सिईओको छनौंटमा हस्तक्षेप गर्न लागिएको पनि स्पष्ट पारे ।

उनले बैंक तथा वित्तिय संस्थाहरुको लगानी उत्पादनमूलक क्षेत्रमा लगाउने कामलाई उच्च प्राथमिकता दिइएको पनि स्पष्ट पारे ।

बैठकमा सांसदहरुले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकको सीईओ बनाउँदा पनि नियमन गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको आलोचना गरेका थिए । सांसद हृदयश त्रिपाठीले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकले सीईओ नियुक्ति गर्दा पनि कारबाही गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरे ।

त्यसैगरी सांसद तेजुलाल चौंधरीले गैर कृषकहरुलाई कृषि कर्जा प्रवाह गर्दा पनि नियमन गर्न नसकेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको भूमिका माथि प्रश्न उठाएका थिए । उनले कृषि कर्जामा विचौलियाहरुको प्रवेश निषेध गर्न पनि नेपाल राष्ट्र बैंकलाई सचेत गराए ।

सांसद चौंधरीले बैंकहरुले निक्षेप संकलनको नाममा सर्वसाधारणलाई ठगी गरिरहेको आरोप पनि लगाएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ८ : २६ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा