नक्कली भारुसहित पक्राउ परेका अन्सारी जेल चलान « Khabarhub

नक्कली भारुसहित पक्राउ परेका अन्सारी जेल चलान


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली भारतीय रुपैयाँ (भारु) नोटसहित पक्राउ परेका युनुस अन्सारीसहित ६ जना जेल चलान भएका छन् । संगठित अपराध र खोटाचलन मुद्दमा जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

उनीहरुलाई मंगलबारै केन्द्रीय कारागार चलान गरिएको काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । अन्सारीसहित पक्राउ परेका उनका साला सोहल खान, चालक सुजन रानाभाट तथा पाकिस्तानी नागरिकहरु नदिन अनवार, नसिन उद्दिन र नदिया अनवार जेल चलान भएका हुन् ।

गत जेठ १० गते युनुसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।

नक्कली भारतीय नोटसहित कतारको दोहाबाट काठमाडौं उत्रिएका ३ जना पाकिस्तानी नागरिकलाई ‘रिसिभ’ गर्न पुगेको बेला युनुस पक्राउ परेका हुन् ।

युनुस आफ्ना अन्य २ जना सहयोगी खान, चालक रानाभाटसँगै नक्कली नोट लिएर आएका पाकिस्तानी नागरिकलाई रिसिभ गर्न विमानस्थल पुगेका थिए ।

प्रहरीले उनीहरुको साथबाट सात करोड ६७ लाख नक्कली भारु बरामद गरेको थियो । अन्सारी यसअघि पनि जाली नोट प्रकरणमा जेल सजाय कटाएर रिहा भएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ८ : ३१ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण