प्रदेश २ मा ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गरिने « Khabarhub

प्रदेश २ मा ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गरिने


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा छुट्टै ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गरेका छन् ।

मुख्यमन्त्री राउतले विर्षात्, गर्मी र हिउँदको मौसमको मारमा सबैभन्दा बढि प्रदेश २ पर्ने गरेको उल्लेख गर्दै ती समस्या समाधानका हुने गरी छुट्टै ‘विपद व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गरेका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले त्यसका लागि ‘विपद व्यवस्थापन ऐन’ लाई तत्काल संशोधन गरेर अघि बढने योजना पनि अघि सारे ।

मुख्यमन्त्री राउतले वर्षामा बाढी र डुबान, हिउँदमा चिसो र गर्मीमा हुरी, बतास र आगलागीका कारण प्रदेश दुईमा सबैभन्दा बढि जनजनको क्षति हुने भएकाले त्यसलाई नियन्त्रण गर्न प्राधिकरण गठन गरेर अघि बढ्न लागिएको पनि स्पष्ट पारे ।

मुख्यमन्त्री राउतले संघीय सरकारले नदीहरुको तटबन्ध निर्माणको काममा बेवास्ता गरेका कारण तराईका जिल्लाहरु बाढी र डुबानको मारमा पर्नु परेको पनि स्मरण गराए ।

मुख्यमन्त्री राउतले सरकारको कामकार्वाहीलाई अझै प्रभावकारी बनाउने प्रतिवद्धता पनि व्यक्त गरे । उनले तत्काल प्रदेश २ को सत्ता समिकरण परिवर्तन हुने सम्भावना नरहेको पनि बताए ।

संचार माध्याममा आएजस्तो प्रदेश २ को सत्ता समिकरण परिवर्तन हुने अवस्था नरहेको उनको तर्क थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ९ : १५ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको