विद्यालय समायोजन गर्दै गाउँपालिका « Khabarhub

विद्यालय समायोजन गर्दै गाउँपालिका


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- विद्यार्थी सङ्ख्या कम भएको भन्दै हल्दिवारी गाउँपालिकाले पाँच आधारभूत विद्यालयलाई समायोजन गर्ने भएको छ भने दुई माविलाई स्तर कटौती गर्दै आधारभूतमा झार्ने निर्णय गरेको छ ।

हल्दिवारी–३ स्थित रामेश्वर आधारभूत विद्यालय, सोही वडाको जनता आधारभूत विद्यालय, वडा नं ५ स्थित शान्ति आधारभूत विद्यालय, वडा नं २ कै राष्ट्रिय एकता आधारभूत विद्यालय र धनुषा आधारभूत विद्यालयलाई हल्दिवारी माविमा समायोजन गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिए ।

यस्तै हल्दिवारी–१ स्थित सरस्वती मावि र हल्दिवारी–३ मा रहेको पञ्चायत माविमा विद्यार्थी सङ्ख्या कम भएको भन्दै स्तर कटौती गरी आधारभूत (१–८)मा झार्ने निर्णय गरेको उपाध्यक्ष गिरीले बताए । हल्दिवारी मावि नमूना विद्यालय रहेको र अन्य विद्यालयमा विद्यार्थी सङ्ख्या एकदमै कम भएपछि उक्त निर्णय गरिएको उनले बताए ।

विद्यालय समायोजन गरिएसँगै विद्यार्थी बोक्न बसको व्यवस्था गरिएको छ । विद्यार्थी सङ्ख्या ज्यादै न्यून भएपछि विद्यालय समायोजन गरिएको हो । “सामुदायिक विद्यालयको हाराहारीमा अहिले निजी विद्यालय पनि खुलेका छन्”, गिरीले भने, “अबको शिक्षा प्रविधिमैत्री हुनुपर्छ, जुन विद्यालयले प्रविधि मैत्री र गुणस्तरीय शिक्षामा जोड दिन्छन् त्यस्तै विद्यालय विद्यार्थीको रोजाइमा पर्छ ।”

विद्यालय समायोजन अघि शिक्षा विकास तथा समन्वय एकाईका प्रमुखसहितको टोलीले विद्यालयको अनुगमन गरेको बताइएको छ । अनुगमनका क्रममा हल्दिवारी–३ स्थित रामेश्वर आधारभूत विद्यालयमा शिक्षक र कर्मचारीको सङ्ख्या सात जना रहे पनि विद्यार्थी सङ्ख्या १४ मात्रै रहेको गिरीले बताए ।

“विद्यालयले २३ विद्यार्थी छन् भन्यो, अनुगमन गर्दा १४ विद्यार्थी मात्रै भेटिए”, उनले भने। निजी स्रोतबाट ४२ शिक्षक राख्दै अङ्ग्रेजी माध्यमबाट पठनपाठन अनिवार्य र सबै विद्यालयमा कम्प्यूटर शिक्षाको व्यवस्था गरेको गाउँपालिकाले यस वर्ष गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई २६० कम्प्यूटर वितरण गर्ने भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १० : १० बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा