कांग्रेसमा पार्टी सङ्गठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव « Khabarhub

कांग्रेसमा पार्टी सङ्गठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टी विधानअनुसार संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठन सहमतिमा गर्न सुझाव दिएका छन् ।

गत असार २२ गतेदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा पार्टी विधानको धारा ७२ (४) अनुसार सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित छ ।

बैठकमा मंगलबारसम्म करीब पाँच दर्जन केन्द्रीय सदस्यले धारणा राखेका छन् । सो क्रममा अधिकांशले पार्टी विधानअनुसार सङ्गठनको अन्तरिम व्यवस्था गठन सहमतिमा गर्न सुझाव दिनुभएको केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले जानकारी दिए ।

करीब डेढ वर्षपछि १४ औँ महाधिवेशनको प्रक्रिया आरम्भ हुने भएकाले स्थानीयस्तरमा सहमतिको वातावरण कायम राख्न पनि हाल अन्तरिम संरचना सहमतिमा गठन गर्नुपर्नेमा अधिकांश केन्द्रीय सदस्यबाट सुझाव आएको उनले बताए ।

बैठकमा बुधबारदेखि विधानअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण, जागरण अभियानको प्रतिवेदन, प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति, अनुशासन समितिको प्रतिवेदन, भ्रातृ एवं शुभेच्छुक संस्थालगायत कार्यसूचीमाथि छलफल पार्टी कार्यालयले जनाएको छ । गत असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका लागि १४ कार्यसूची प्रस्तुत गरेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा मंगलबार बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले आ–आफ्नो विचार राखेका थिए ।

केन्द्रीय कार्यसमितिको बैठक साउन १५ गते दिउँसो ३ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १० : ३० बजे

तनहुँ–१ मा चुनावी सरगर्मी, १६ उम्मेदवार मैदानमा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै

शौचालयका लागि संघर्ष गर्दैछन् इरान हान्न हिँडेको युद्धपोतका अमेरिकी सैनिक

वाशिङ्टन- इरानमाथि आक्रमणको तयारीमा रहेको अमेरिकी युद्धपोत यूएसएस गेराल्ड आर

अमेरिकाद्वारा क्यारेबियन क्षेत्रमा डुङ्गा आक्रमण : तीन जनाको मृत्यु

एजेन्सी – अमेरिकी सेनाले क्यारेबियन क्षेत्रमा लागूऔषध तस्करी गर्ने डुङ्गालाई

प्रचण्डले भने- निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण

काठमाडौं– नेपाली कम्युनिष्ट पाटी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि बन्ने

‘लालिमा’ पात्र निर्वाह गर्न १० यौनकर्मी भेटेँ : नायिका रोश्नी कार्की

काठमाडौं – फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’मा नायिका