नेपाली हलमा ‘साहो’को क्रेज, पहिलो शो बिहान साढे ६ बजेबाटै | Khabarhub Khabarhub

नेपाली हलमा ‘साहो’को क्रेज, पहिलो शो बिहान साढे ६ बजेबाटै


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड चलचित्र ‘साहो’ आजबाद दर्शकमाझ आएको छ । प्रदर्शन अगावै विभिन्न रेकर्ड बनाएको चलचित्र साहोले नेपाली दर्शकलाई  एका विहानै हलसम्म तान्न सफल भएको छ ।

टिकट बुकिङ उच्च भएपछि काठमाडौंका केही हलहरुमा बिहान ६ः३० बजेबाट नै पहिलो शो देखाइएको छ । चलचित्र बाहुबलीबाट एकाएक चर्चामा आएका प्रभासको क्रेजका कारण साहोले चलचित्र बजारमा तहल्का मच्चाएको हो ।

नेमाका नेपाल वितरक मनोज राठीले ‘साहो’को नेपाल प्रदर्शनका लागि करिब १ करोड २० लाख भारू खर्चिएको बताएका छन् । चलचित्र ल्याउनका लागि नेपाली वितरकबीच पनि प्रतिष्पर्धा भएकाले सिनेमा महँगो रकममा नेपाल भित्रिएको उनले बताए।

महँगोमा नेपाल भित्र्याइएको साहोले मल्टिप्लेक्सहरूले उच्च संख्यामा शो पाएको छ । नेपालका क्यूएफएक्स सिनेमाज्ले ुसाहोुलाई ६१ शो दिएका छन। उपत्यकामा मात्रै सिनेमाले ३७ शो पाएको छ। यस्तै बिग मुभिजले शुक्रबार आफ्नो ३ पर्दामा १५ शो उपलब्ध गराएको छ। उसले बिहान ७ बजेदेखि शो राखेको छ।

यस्तै चाबहिलमा रहेको ३ पर्दाको मल्टिप्लेक्स एफक्यूब बिग मुभिजमा बिहान साढे ६ बजेदेखि नै सिनेमाको शो राखेको छ। एफक्युबमा ुसाहोुको १३ शो छ। नेपालका करिब सय हलमा एकसाथ प्रदर्शनमा आएको छ । सिनेमाले रिलिजको दिन १ करोड नेपाली हाराहारीको व्यापार गर्ने अनुमान छ।

सिनेमा भारतमा पनि एक साथ चार भाषामा करिब १० हजार पर्दामा रिलिज हुँदैछ। सिनेमा करिब ३५० करोड भारूको बजेटमा तयार भएको हो।

यसैबीच आजैबाट नेपाली चलचित्र मारुनी पनि प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको भनिएको चलचित्रमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ८ : ४२ बजे

शीर्ष क्रममा नचल्दा हार व्यहोर्‍यौँ: जनकपुरका कप्तान साह

काठमाडौं- जनकपुर बोल्ट्सका कप्तान अनिल साहले शीर्ष क्रमका ब्याटरले ओपनर

एनपीएलको पहिलो खेलमै राम्रो सुरुवात भयो: करण केसी

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा जनकपुर

शेख हसिनाबारे भारतले भन्यो : हामी बंगलादेशको घटनाक्रमलाई नियालिरहेका छौँ

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले बंगलादेशको पूर्व प्रधानमन्त्री शेख

राजेन्द्र लिङ्देन भन्छन्ः देशलाई राजनीतिक निकास दिन सर्वपक्षीय सहमति आवश्यक

कास्की – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई

काठमाडौँ महानगरले वडा कार्यालयमार्फत संस्थागत बहाल कर उठाउने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण संघरसंस्था, बहुउद्देश्यीय भवन तथा व्यावसायिक