वृद्धाश्रमका बुबाको पीडाः आज पनि सन्तानले भेट्न आएनन् « Khabarhub

वृद्धाश्रमका बुबाको पीडाः आज पनि सन्तानले भेट्न आएनन्


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रवार पशुपतिस्थित वृद्धाश्रममा पुग्दा केही वृद्धहरु आश्रमको पेटीमा टुसुक्क बसिरहेका थिए । आश्रमको अगाडी पट्टि गेट थियो । केही वृद्धहरु त्यही गेटमा हेरेर टोलाइरहेका थिए त केही पुर्पुरोमा हात लगाउँदै बसिरहेका ।

भदौको महिना । टन्टलापुर घाम । न्यानो बन्नका लागि हो या सन्तानको समझनामा । उनीहरुलाई आज कुशेऔँसी अर्थात् बुबाको मुख हेर्ने दिन भन्ने थाहा भइसकेको थियो । त्यसकारण पनि सन्तानले आफुलाई भेट्न आउने आशामा त्यो गेटमा आँखा पुर्‍याइरहेका थिए ।

कुशेऔँसीले धेरै बुबाहरुलाई सन्तानसँग नजिक बनाइरहेको छ र उनीहरुको मुहार खुसीले भरिएको छ । भने धेरैको मुहारमा आँशु र निराशा छाएको पनि छ ।

प्रत्येक वर्ष आउने कुशेऔंसीले उनीहरुलाई छटपटाउँछ । सन्तान भएरै पनि वृद्ध आश्रममा बस्नुपर्दा सन्तान नभएको महशुस गरिरहेका छन् उनीहरु । त्यसकारण पनि कुशेऔँसीको कुनै महत्व लाग्दैन उनीहरुलाई ।

बरु कुशेऔँसी नआइदिए हुन्थ्यो जस्तो महशुस गर्छन् । ती बुबाहरु जो आफ्नो सन्तान र परिवारबाट टाढा छन् । विभिन्न आश्रममा सन्तानको सहाराको खोजीमा भौतारिरहेका छन् । वर्षैपिच्छे आउने यो पर्वले झनै पीडित बनाउछ उनीहरुलाई ।

कति पिताहरु सन्तान भएरै पनि आश्रममा बस्नुपर्दा सन्तान नभएको महशुस गरिरहेको सुनाउँदै थिए त कोही सन्तानलाइ नै सम्झिँदै ।

आश्रमभित्रको सानो चौरको एक छेउमा बसिरहेका थिए ८० वर्षीय-‘शंकर काररञ्जित।’ उनी सन्तानको प्रतिक्षामा थिए । तर सन्तान कहाँ छन् पत्तै छैन उनलाई ।

१८ वर्षदेखि पशुपति वृद्धाआश्रममा बस्दै आएका उनी हरेक वर्ष आउने कुशेऔँसीमा सन्तानलाई सम्झिन्छन् । उनका एक छोरा र एक छोरी पनि छन् ।

‘छोराछोरी भेट्न आउँदैनन् भन्ने थाहा छ मलाइ’ काररञ्जितले निराश हुँदै भने ‘तर सधै आशा चाहिँ लाग्दो रहेछ।’

दुःख गरेर हुर्काएका सन्तानले कमाउने भएपछि आश्रम ल्याएर छाडिदिँदा धेरै दुःख महशुस गर्दै सन्तानको वृद्धि विकासका लागि गरेको पहल सम्झिरहँन्छन् ।

‘बुढेसकालको साहरा भन्दै हुर्काएको आफ्नै छोराले आश्रममा ल्याएर छोडिदियो’ अर्का वृद्ध मानबहादुर श्रेष्ठले खबरहबसँग भने ‘त्यसपछि फर्केर आएन।’ पीडाको भावना सुनाउने कोही नभएर होला उनी विगतका दुःख पनि कोट्याइरहेका थिए ।

उनले दुख सुनाउनुको कारण थियो ‘सन्तानलाइ अनेकौं दुःख सहेर हुर्काएको र ठूलो भएपछि हेरचाह गर्नुको साटो उल्टै आफुलाई आश्रममा ल्याएर छोडिदिएको ।’

बानेश्वरका ८३ वर्षीय दशनारायण श्रेष्ठ पनि उनीसँगै बसेरेर टुलुटुलु बाटो हेरिरहेका थिए । सबै वृद्धवृद्धाको अनुहारले कताकता आफ्नो सन्तान खोजिरहेको थियो । उनीहरु सबैलाई कुशे औँसीको महत्व खासै लाग्दैन् । केवल सम्झन्छन् । आफ्ना बालबच्चा । ठूला भएका सन्तानको आकृति पनि उनीहरुको मानसपटलमा आउँदैन रे । उनीहरुले केवल सानामा तातेताते गर्दै आफ्नो औला र लुगाको फेर समाउँदै कुदेको सम्झना गर्दा रहेछन् ।

१९९० सालको भूकम्पले बानेश्वरमा रहेको दशनारायणको घर भत्कायो । बाआमाको मृत्यु भयो । त्यतिबेला उनी ३ वर्षको थिए ।

जीवनमा धेरै दुःख र संघर्ष गरे उनले । संघर्षको दौरानमा कहिल्यै पछि नपर्ने उनलाइ विवाहपछि आफ्नै श्रीमतीले फसाइन् । भन्छन्, श्रीमतीको नाममा घर जग्गा पास गर्दिए, पछि उसैले नै छाडेर गई।’

उमेर छँदै श्रीमतीले छोडेर गएपनि उनले विकल्पमा दोस्रो विवाह भने गरेनन् । ‘एउटा छोरा थियो उ मेरै साथमा थियो’ उनले भने ‘बरु त्यसकै हेरचाहमा व्यस्त भएँ।’

‘आफुले भारी बोकेरै भएपनि राम्रै खुवाएँ, आफुले थोत्रो लुगा लगाएर पनि त्यसलाइ नयाँ नै किन्दिन्थेँ’ आँखाभरि आशु बनाउँदै उनले भने ‘धेरै पढाएको पनि थिएँ।’

तर, छोराको विवाहपछि उनलाई बुहारीले आश्रममा ल्याएर राखिदिइन् । म बिरामी भइरहन्थेँ’ आँशु झार्दै उनले भने ‘झर्को मानेर यहाँ ल्याएर छोडदिइन्।’

उनी आश्रममा बसेको १० वर्ष बितिसक्यो । तर, उनको सन्तान कहिल्यै फर्किएर नआएको गुनासो पोखे । ‘औँसीमा आउँछ कि आश लाग्छ, वर्षेनि बाटो त हेर्छु’ उनले भने ‘तर, खोइ ! त्यो मोरो फर्केर आउँदैन।’

कुराकानीका क्रममा दशनारायणको आँखाबाट आशु झरिरहेका थिए भने अनुहार उस्तै मलिन । उनको अनुहारबाट प्रष्टै बुझ्न सकिन्थ्यो कि-‘सन्तानले दिएको पीडा।’

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १० : ०१ बजे

नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार

काठमाडौं – करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार सङ्ख्या

रिहा भए दुर्गा प्रसाईं (तस्बिरहरू)

काठमाडौं – सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा

२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौं – सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं – नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र