फ्राइडे रिलिज: ‘मारुनी’ प्रदर्शनमा, ‘साहो’ ले मल्टिप्लेक्स कब्जा « Khabarhub

फ्राइडे रिलिज: ‘मारुनी’ प्रदर्शनमा, ‘साहो’ ले मल्टिप्लेक्स कब्जा


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रबारदेखि नेपालका हलमा चलचित्र ‘मारुनी’ प्रदर्शनमा आएको छ । नेपाली चलचित्रमा यो चलचित्रले एक्लो रिलिजको मौका पाए पनि हिन्दी चलचित्र ‘साहो’ ले ‘मारुनी’ को व्यापारमा असर पार्ने देखिएको छ ।

चलचित्र ‘मारुनी’ मा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेवि गुरुङ आयुष प्रधान, विनोद भट्टराई, सुशील क्षेत्री लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

पुनम गौतमको लगानी रहेको ‘मारुनी’लाई त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र भनिएको छ ।

यता आजैदेखि प्रदर्शनमा आएको चलचित्र ‘साहो’ भने घरेलु चलचित्र ‘मारुनी’ का लागि ‘थ्रेट’ बनेको छ । यो फिल्मले मल्टिप्लेक्सका अधिंकाश हल कब्जा गरेको छ । बाहुबली स्टार प्रभासको चलचित्र ‘साहो’ नेपालमा लामो समयदेखि प्रतीक्षित बनेको थियो ।

हलवालाले विदेशी फिल्मलाई धेरै शो उपलब्ध गराएको तर नेपाली फिल्मलाई कम शो उपलब्ध गराएको भन्दै असन्तुष्टि पोखेका छन् । यस्तै हलमा अन्य चलचित्र पनि प्रदर्शनरत छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ११ : ५६ बजे

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक