डेंगु नियन्त्रणका लागि ललितपुर महानगरमा कार्यक्रम « Khabarhub

डेंगु नियन्त्रणका लागि ललितपुर महानगरमा कार्यक्रम


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -ललितपुर महानगरपालिकाले डेंगु भाइरस भएका लामखुट्टे नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

महानगरको कार्यपालिका बैठकले महानगरभित्र बसोवास गर्ने महानगरबासीको स्वास्थ्यमा संवेदनशीलता अपनाउँदै कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । पछिल्ला समय ललितपुर महानगरभित्र डेंगुका बिरामी देखिन थालेका छन् ।

ललितपुरमा डेंगका बिरामी देखिएकाले सजकता अपनाउन यस्तो निर्णय लिएको महानगरका प्रमुख चिरिबाबु महर्जनले बताए ।

महानगरको पहिलो दायित्व नगरबासीको सुरक्षा भएको बताउँदै महर्जनले भने ‘प्राथमिकताका साथ सम्बन्धितनिकायका विज्ञहरुसँग छलफल गरेर कार्यक्रम ल्याउँदैछौं ।’

सामाजिक विकास संयोजक तथा वडा नं २४ का वडा अध्यक्ष दिनेश कार्कीले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताए । ‘जनचेतनाबिना केही पनि सम्भव छैन त्यसैले यो आवश्यक पनि छ’ उनले भने ‘वडावडामा छलफल गरेर कार्यक्रम ल्याउँछौ ।’

महानगरले सरोकारवाला निकायसँग डेंगु नियन्त्रणका लागि ल्याउनुपर्ने कार्यक्रम तर्जुमा गर्न छलफल राखेको हो ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ११ : ५९ बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी