प्रभासको ‘साहो’ ले पायो मिश्रित समीक्षा « Khabarhub

प्रभासको ‘साहो’ ले पायो मिश्रित समीक्षा


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बाहुबली र बाहुबली २ जस्ता धमाकेदार फिल्म दिएपछि दक्षिण भारतीय अभिनेता प्रभासको एकाएक चर्चा चल्यो । यो चर्चापछि दर्शकमा एक खालको चासो पनि बढेको थियो ।

यतिबेला प्रभास फिल्म ‘साहो’ लिएर आएका छन् । यो फिल्मले पहिलो दिन ७५ करोडको व्यापार गर्ने अनुमान गरिएको छ । झण्डै २ वर्ष निर्माणमा खर्चेको यो फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ ।

प्रभासको अघिल्लो फिल्म ‘बाहुबली’ हेरेका दर्शकले ‘साहो’ मन नपरेको प्रतिक्रिया दिएका छन् । यस्तै समीक्षकले पनि फिल्मलाई औसत भनेर समीक्षा गरेका छन् ।

‘बाहुबली’ का कारण पनि प्रभासका फ्यानमा एक खाले आशा व्यक्त थियो । तर कति फ्यानले फिल्म ‘बाहुबली’ जस्तो नपाउँदा आक्रोश पोखेका छन् ।

धेरैले फिल्मको पहिलो हाफ राम्रो भएको र दोस्रो हाफ कमजोर भएको प्रतिक्रिया दिएका छन् । एक दर्शकले लेखेका छन्, ‘दोस्रो भागमा चाहिनेभन्दा बढी एक्सन दृश्य र खराब सीजीआई इफेक्टका कारण फिल्मले निराश बनायो ।’

कतिले त यो फिल्मले आफ्नो पैसाको सत्यानाश भएको पनि लेखेका छन् । यद्यपि फिल्मको ओपनिङ राम्रो भएको भारतीय मिडियाले लेखेका छन् । यस्तै यो फिल्म नेपालमा पनि चर्चामा रहेको छ ।

एक्सन थ्रीलर यो फिल्ममा प्रभास र श्रद्धा कपूरलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १२ : ३७ बजे

छैठौँ विकेट गएपछि इटालीविरुद्ध संकटमा नेपालको ब्याटिङ

काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु

दार्चुलाको नागूमा खाद्यान्न ढुवानी सुरु, मूल्यलाई लिएर स्थानीय असन्तुष्ट

दार्चुला– सडक सञ्जालले नजोडिएको दार्चुलाको नौगाड गाउँपालिका–१ को नागूक्षेत्रमा सरकारले

इटालीविरुद्ध दबाबमा नेपालको ब्याटिङ

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु

महाधिवेशनमा गुट चलाएकी पूर्वराष्ट्रपति विद्या निर्वाचनमा मौन

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादवी भण्डारी चुनावको मुखमा

इटलीविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गतको बिहीबारको खेलमा इटलीविरुद्ध नेपालले