भीरबाट खसालेर गाई मारिएको भन्दै स्थानीयको विरोध « Khabarhub

भीरबाट खसालेर गाई मारिएको भन्दै स्थानीयको विरोध


१३ भदौ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– छाडा चौपायाको व्यवस्थापन गर्ने भनेर बाँकेको नेपालगन्जबाट ल्याइएका गाईलाई सुर्खेत पुर्‍याएर मार्ने गरिएको विषय सार्वजनिक भएको छ ।

नेपालगञ्जबाट ट्रकमा हालेर ल्याइएका गाईलाई सुर्खेतको वीरगन्द्रनगर–९ स्थित कटकुवा जंगलमा ल्याएर मार्ने गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

स्थानीयका अनुसार ट्रकमा हालेर ल्याइएका गाईलाई भिरबाट खसालेर मार्ने गरिन्छ ।

स्थानीयहरुको खबरपछि प्रहरीको टोलीले पनि कटुवा जंगल क्षेत्रको निरीक्षण गरेको छ ।

निरीक्षणका क्रममा करिब २३ वटा गाई मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बिहीबार राति मात्रै २ सयभन्दा बढी गाई नेपालगञ्जबाट ट्रकमा हालेर ल्याएर सुर्खेतमा छाडिएको जानकारी आएको प्रहरीले जनाएको छ ।

स्थानीयहरुले भने सामूहिक गौहत्या गरिएको भन्दै विरोध जनाएका छन् ।

प्रकाशित मिति : १३ भदौ २०७६, शुक्रबार  १२ : ४५ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ