ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ « Khabarhub

ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असार ३१ गते काठमाडौंको धुम्बाराहीमा घाइते अवस्थामा फेला परेका व्यक्तिमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् ।

गस्तीमा रहेको प्रहरीले घुम्बाराहीस्थित राजेश हार्डवेयर अगाडि साउन ३१ गते ३६ वर्षीय दिपक तामाङलाई गम्भीरु घाइते अवस्थामा फेला पारेको थियो ।

मोरङको कानेपोखरी घर घइ काठमाडौंको गोल्फुटार बस्दै आएका तामाङ टाउकोमा चोट लागेर बेहोस अवस्थामा फेला परेका थिए ।

प्रहरीले तामाङको उद्दार गरी काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पताल भर्ना गरेको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा तामाङमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको खुलेको थियो ।

प्रहरीले तामाङमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको भन्दै सिन्धुपाल्चोक घर भइ बौद्ध बस्दै आएका १९ वर्षीय मनोज लामाको खोजी शुरु गरेको थियो ।

प्रहरीको खोजी सूचीमा रहेका लामा बिहीबार पक्राउ परेका छन् । महानगरीय अपराध मशाखाको टोलीले लामालाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार लामाले आफूले गरेको कसूर स्वीकार गरिसकेका छन् । प्रहरीले लामाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गतको अभियोगमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १ : ३६ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं