महिनाको ३० हजार कमाउन २ लाख ऋण काढेर विदेसिँदै युवा | Khabarhub Khabarhub

महिनाको ३० हजार कमाउन २ लाख ऋण काढेर विदेसिँदै युवा


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली युवायुवती कामको खोजीमा विदेश जाने गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार कामकै लागि विदेश जानेको संख्या दैनिक ८ सय भन्दा बढी छ । दैनिक ८ सय जना रोजगारीको खोजीमा विदेशीनेमध्ये करिब ५ सय युवा खाडीका देशमा मासिक ३० हजार कमाउनका लागि म्यानपावर कम्पनीमार्फत जाने गर्दछन् ।

मासिक ३० हजार कमाउन विदेश जाने युवाले करिब १ देखि २ लाख २० हजार रुपैयाँसम्म म्यानपावर कम्पनीमा तिरेर जाने गरेको पाइएको छ ।

भोजपुरका इमान राई साउदीको फर्निचर उद्योगमा रोजगारीका लागि जाँदै छन् । राईले अलफा रोमा इन्टरनेशनल म्यानपावर प्रालिमार्फत साउदी जान्न लागेको जानकारी दिए । राईको मासिक तलब ९ सय र खानाबस्न २ सय गरी १ हजार १ सय रियाल (३५ हजार) छ । राईले म्यानपावर कम्पनीलाई साउदी जानका लागि १ लाख ७० हजार बुझाउन लागेको बताए । उनले भने, ‘थोरै पैसा कमाउन जानुपर्ने बाध्यता छ । गएका ऋण तिर्ने ७ महिना जति लाग्छ होला । म्यानपावरमा बुझाएको भन्दा ५० हजार धेरै खर्च भएको छ । मलेसिया दुई वर्ष बसेर फर्किएको थिए । मलेसियामा मासिक २९ हजार कमाइ थियो ।’

यस्तै, जनकपुरका धिरज यादव पनि रोजगारीका लागि कुवेत जान लागेका छन् । उनका लागि कुवेतमा हस्पिटलमा क्लिनरको कामका लागि कुरा भएको म्यानपावरले जानकारी दिएको बताएका छन् । यादवलाई म्यानपावर कम्पनीले मासिक ९० दिनार (३३ हजार) मा सम्झौता गरेर रोजगारीमा पठाउन लागेको उनले बताए । यादवले मासिक ३३ हजार कमाउन बोदहोल्ड ओभरसिर्ज प्रालिमा १ लाख ९० हजार पैसा तिरेका छन् । तर, यादवसँग भने १० हजार रुपैयाँ मात्र तिरेको रसिद छ ।

फ्रि-भिसा फ्रि-टिकट भन्दै सरकारले तोक्यो १० हजार, म्यानपावरले लिन्छन ४ लाखसम्म

यस्तैगरी, पाल्पाका गौचन रेग्मी पनि रोजगारीका लागि युएईको एक सरकारी कम्पनीमा जान लागेको बताए । क्यापिटल ओभरसिर्ज प्रालिमार्फत युएई जाने लागेको रेग्मी बताउँछन् । उनले भने, ‘मेरो मासिक कमाइ मासिक ३५ हजार हुन्छ रे । मैले म्यानपावरलाई १ लाख ९० हजार तिरेको छु । म्यानपावरले एक हप्तापछि जानुपर्छ भनेको छ । साहु काढेर जाने लागेको हुँ ।’

झापाका तिलक केसी रोजगारीका लागि कतार जादै छन् । उनको सम्पुर्ण प्रक्रिया सकिएर जान्न मात्र बाँकी छ । केसी कतारको क्यारी फोर सपिङ सेन्टरमा जाने लागेको जानकारी दिए । केसीले म्यानपावरको नाम भन्न मानेन तर, उनले पनि १ लाख ६५ हजार तिरेको बताएका छन् ।

सरकारले २०७२ सालदेखि खाडीका देश र मलेसिया जाने कामदारका हकमा फ्रि भिसा र फ्रि टिकट लागू गरेको थियो । मलेसिया, कतार, साउदी अरेविया, संयुक्त अरब ईमिरेट्स, कुवेत, जोर्डन, बहराईन र ओमान जाने कामदारका लागि भिसा र आतेजाते हवाई टिकटबापत लाग्ने खर्च कामदारले तिर्न नपर्ने नीति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लागू गरेको हो । तर, यी देश ३० हजार कमाउन जाने कामदारले २ लाखसम्म पैसा तिरेर जान बाध्य छन् । खबरहबले वैदेशिक रोजगारीमा जान्न काठमाडौं आएका युवालाई राजधानीमा भेटेर यो सम्बन्धी कुराकानी गरेको हो ।

नेपालबाट मासिक ४० हजारभन्दा धेरै युवा विभिन्न देश वेदेशिक रोजगारीमा जाने गरेको छ । उनीहरुको कमाइबाट मासिक ५० देखि ६० अर्ब रेमिट्यान्स भित्रिने गरेको राष्ट्र बैकको तंथ्याकमा उल्लेख छ । उनीहरु वैदेशिक रोजगारीमा जादाँ करिब सोही हाराहारीमा पैसा तिरेर जाने गरेको पाइन्छ । नेपाली युवाको मुख्य रोजगार गन्तव्य देशमा मलेसिया, साउदी, कुवेत, युएई, कतार, ओमन, बहराइन, जोर्डन, साइप्रस, पोल्याण्ड, माल्टा, रोमनिया, मोरिसस र पोचुँगल छन् ।

पछिल्लो समय मासिक ३० हजार कमाउन अवसरको सिर्जना देशभित्र भएपनि युवायुवती वैदेशिक रोजगारीमै जाने गरेको पाइन्छ ।

यी देशमा मासिक ३० हजार युवा रोजगारीको खोजीमा संस्थागत र व्यक्तिगत तवरले पुग्ने गरेका छन् । सरकारले संस्थागत १ सय १० र व्यक्तिगत १ सय ७२ देशका लागि श्रम स्वीकृति जारी गदै आएको छ ।

मुख्य रोजगारी

नेपाली युवा प्रायः खाडीका देश र मलेसिया लेबर भिसामा जाने गरेको पाइएको छ । कन्ट्रसन, क्लिनर, वाइरिङर इलेक्ट्रिसियन, वेटर, कुक, सुरक्षा गार्ड, मेशन, स्टिल फिक्चर्स, हाउस किपिङर क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गामेन्टरटेलरिङ, ब्युटीपालर र प्लम्बिङको कामका लागि धेरै नेपाली जाने गरेका छन् । प्राय धेरै नेपाली कामदार खाडीका देश कन्ट्रक्सनमा जाने गरेको पाइन्छ ।

सरकारले विभिन्न १४ वटा क्षेत्रका लागि विदेसिने श्रमिकलाई अनिवार्य सीप भएमात्र श्रम स्वीकृति जारी गर्ने योजनाअघि सारेको थियो । जसका लागि विभागले सीपमुलक तालिम दिन २९ वटा तालिम प्रदायक संस्थालाई सूचीकृत समेत छनोट गरिसकेको छ । तर, म्यानपावर कम्पनीले सीप प्रमाणिकरण केही समय थप्न माग गरेपछि हाल विभागले स्थागित गरेको छ ।

वैदेशिक रोजगारीको खोजीमा काठमाडौं भित्रिन्छन् दैनिक ७ हजार युवा

सीप प्रमाणिकरण व्यवस्था लागू भएपछि वैदेशिक रोजगारीमा जान्न चाहने कामदारसँग कम्तिमा ६ महिनाको तालिम अनिवार्य हुनुपर्ने छ । तालिम लिएर दक्ष भएका श्रमिकलाई मात्र सरकारले श्रम स्वीकृति जारी गर्ने लक्ष्य लिएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुषालले बताए । दक्ष कामदार मात्र पठायो भने मृत्यु र दुघटना कम हुने उनको भनाई छ ।

कतिपय वैदेशिक रोजगारीबाट फर्किएका कामदारका हकमा सीप भएपनि उनीहरु पुन त्यही काम जान्न नरुचाउने गरेका छन् ।

सीप भएका कामदार पठाए कमाइसँगै रेमिट्यान्स बढ्छ

सरकारले विगत ४ दशकदेखि अदक्ष श्रमिक वैदेशिक रोजगारीमा आपूर्ति गदै आएको छ । हाल विदेशी रहेका अदक्ष कामदारलाई तालिम दिएर पठाउन सक्यो भने रेमिट्यान्ससँग कामदारको मासिक कमाइपनि दोब्बर बढ्न सक्ने यो क्षेत्रमा काम गदै आएका सरोकारवालाले बताउदै आएका छन् । हाल, २ प्रतिशत मात्र दक्ष श्रमिक वैदेशिक रोजगारीमा गइरहेको सरकारी तंथ्याकमा उल्लेख छ ।

तालिम भएका मात्र श्रमिक वैदेशिक रोजगारीमा पठाउँदा उनीहरुको मासिक कमाइसँग नेपाल भित्रिने रेमिट्यान्स पनि ३० प्रतिशतले बृद्धि हुने रोजगारविज्ञ दिपेन्द्र थापाको बुझाई छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको सीप विकासमा जोड दिनुपर्ने उनको भनाइ ।

श्रमिकलाई तालिम दिएर वैदेशिक रोजगारीमा पठाउँदा उनीहरुको व्यक्तिगत सुविधा पनि बढ्न देखिन्छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  २ : ०६ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको