ओरालो लागेको थियो यी मोडलको करिअर, बिल्डिङबाट हाम फालेर दिइन् ज्यान « Khabarhub

ओरालो लागेको थियो यी मोडलको करिअर, बिल्डिङबाट हाम फालेर दिइन् ज्यान


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – एक भारतीय मोडलले मुम्बईको बिल्डिङबाट हाम फालेर आत्महत्या गरेकी छिन् । ती मोडलले अपार्टमेन्टमा रहेको फ्ल्याटको छतबाट हाम फालेर आत्महत्या गरेको भारतीय मिडियाले लेखेका छन् ।

ती कलाकारको उमेर २२ देखि २५ वर्षको थियो । उनको नाम पर्ल पञ्जाबी बताइएको छ । उनले केही समय पहिले मात्र अभिनय क्षेत्रमा काम थालेकी थिइन् । उनी एक मोडल हुन् । पर्लले लामो समयदेखि फिल्म क्षेत्रमा आफू सक्रिय हुने प्रयास गरेकी थिइन् । तर, उनलाई सफलताले साथ दिएको थिएन ।

खबरका अनुसार उनी पहिले कतै जागीर पनि गर्ने गर्थिन् । पर्लले यसअघि पनि आत्महत्या कोशिश गरेकी थिइन् । प्रहरीका अनुसार उनलाई एकदमै छिटो रिस उठ्ने गर्थ्यो । जसका कारण आफूलाई सम्हाल्न सक्थिनन् । यसअघि दुईपटक आत्महत्या प्रयास गरे पनि उनलाई बचाइएको थियो ।

आत्महत्या पहिले के भएको थियो?

भारतीय प्रहरीका अनुसार अघिल्लो रात साढे १२ बजेतिर कुनै कुरालाई लिएर झगडा भएको थियो । पर्लले आवेशमा आएर बिल्डिङको छतबाट हाम फालेर आत्महत्या गरिन् । प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै