२ करोडमा हिन्दी फिल्म ल्याउँछन्, नेपाली फिल्म बनाउनेलाई च्याँप्छन्: दीपकराज गिरी « Khabarhub

२ करोडमा हिन्दी फिल्म ल्याउँछन्, नेपाली फिल्म बनाउनेलाई च्याँप्छन्: दीपकराज गिरी


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता दीपकराज गिरीलाई आफ्नो पछिल्लो फिल्म ‘छ माया छपक्कै’ को रिलिज मिति तोक्न निकै सकस भयो । दशैँमा रिलिज हुने भनिएको यो फिल्म अन्ततः दशैँपछि रिलिज हुने भयो ।

निर्माण टिमका अनुसार यो फिल्म अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ । एक हिसाबले यो समय दशैँको रमझम सकिने समय पनि हो ।

यसलाई कतिले भने हिन्दी फिल्म ‘वार’ रिलिज हुने भएपछि नचल्ने डरले फिल्मको रिलिज मिति पछाडि सरेको टिप्पणी गरेका छन् । कतिले दीपकराज गिरी हिन्दी फिल्मसँग डराएको संज्ञा दिएका छन् ।

गिरीले भने आफूहरु हिन्दी फिल्मसँग डराएको नभई नेपाली वितरकसँग डराएको प्रतिक्रिया दिएका छन् ।

‘यहाँ २ करोड तिरेर हिन्दी फिल्म वितरण गर्न ल्याइन्छ, विकास बोर्डदेखि सबैले उनीहरुलाई सम्मान गर्छ, हलवालाको मनोमानीले गर्दा हामीले फिल्म सारेका हौँ,’ खबरहबसँगको कुराकानीमा गिरीले भने, ‘नेपाली सिनेमा बनाएर सबैको हेपाइ खाएजस्तो भएको छ, हामी हलवाला र वितरकसँग जुध्न सक्दैनौँ, तर विदेशी फिल्मसँग जुध्न सक्छौँ ।’

उनले नेपालमा नेपाली फिल्म चलाउन निकै गाह्रो भएको पनि बताए । नेपालमा चलेका ब्यानरलाई पनि फिल्म चलाउन उस्तै सकस भएको उनको भनाइ थियो । ‘नेपाली फिल्म भारतमा सेन्सर हुन ३ महिना लाग्छ तर हिन्दी फिल्म नेपालमा उत्तिखेरै हुन्छ, खै कुन तत्वले काम गरिरहेको छ,’ गिरीले भने ।

साथै उनले हिन्दी फिल्मलाई ‘साँढे’ जस्ता फिल्मको संज्ञा दिए । लगानीका हिसाबले नेपाली फिल्म निकै न्यून बजेटमा बन्ने तर मूलधारका हिन्दी फिल्म महंगो बजेटमा बन्ने गरेकाले तुलना गर्न नसकिने उनले बताए ।

‘अहिले पनि अरु भारतकै अन्य स्थानीय फिल्मका हिसाबले हामी अगाडि छौँ, तर नेपाली हलवालासँग जुध्न सक्दैनौँ,’ उनले भने ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  २ : १६ बजे

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक