प्रभासको ‘साहो’ लाई पहिलो दिन लाग्यो झट्का, भयो करोडको नोक्सान « Khabarhub

प्रभासको ‘साहो’ लाई पहिलो दिन लाग्यो झट्का, भयो करोडको नोक्सान


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बाहुबली फेम प्रभासको फिल्म ‘साहो’ को चर्चा चौतर्फी छ । फिल्मको टिजर र ट्रेलरले चर्चा चुलिएको थियो । यो फिल्म भारतमा मात्र १ हजार स्किृनमा रिलिज हुने बताइएको थियो । तर, फिल्मले बक्स अफिसमा पहिलो दिन घाटा बेहोर्नुपरेको छ ।

हिन्दी, तमिल र तेलुगु गरी तीन भाषामा रिलिज भएको यो फिल्म पहिले ४ भाषामा रिलिज हुने भनिएको थियो । फिल्मको क्रेजका कारण बिहानदैखि फिल्म रिलिज गरिने भनिएको थियो । तर, फिल्मको कन्टेन्ट कतिपय हलमा डाउनलोड भएन ।

‘साहो’ लाई यो वर्षको ब्लकबस्टर फिल्म मानिएको छ । एक्सनले भरपूर यो फिल्ममा श्रद्धा कपूरको पनि अभिनय छ ।

खबरका अनुसार फिल्मको कन्टेन्ट समयमा डाउनलोड नहुँदा बिहानका धेरैजसो शो प्रभावित भएका छन् । कति त शोसमेत क्यान्सिल गर्नुपरेको भारतीय मिडियाले लेखेका छन् । यसले मेकर्सलाई पनि करोडौँको नोक्सान पुगेको बताइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ४ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै