प्रभासको ‘साहो’ लाई पहिलो दिन लाग्यो झट्का, भयो करोडको नोक्सान « Khabarhub

प्रभासको ‘साहो’ लाई पहिलो दिन लाग्यो झट्का, भयो करोडको नोक्सान


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बाहुबली फेम प्रभासको फिल्म ‘साहो’ को चर्चा चौतर्फी छ । फिल्मको टिजर र ट्रेलरले चर्चा चुलिएको थियो । यो फिल्म भारतमा मात्र १ हजार स्किृनमा रिलिज हुने बताइएको थियो । तर, फिल्मले बक्स अफिसमा पहिलो दिन घाटा बेहोर्नुपरेको छ ।

हिन्दी, तमिल र तेलुगु गरी तीन भाषामा रिलिज भएको यो फिल्म पहिले ४ भाषामा रिलिज हुने भनिएको थियो । फिल्मको क्रेजका कारण बिहानदैखि फिल्म रिलिज गरिने भनिएको थियो । तर, फिल्मको कन्टेन्ट कतिपय हलमा डाउनलोड भएन ।

‘साहो’ लाई यो वर्षको ब्लकबस्टर फिल्म मानिएको छ । एक्सनले भरपूर यो फिल्ममा श्रद्धा कपूरको पनि अभिनय छ ।

खबरका अनुसार फिल्मको कन्टेन्ट समयमा डाउनलोड नहुँदा बिहानका धेरैजसो शो प्रभावित भएका छन् । कति त शोसमेत क्यान्सिल गर्नुपरेको भारतीय मिडियाले लेखेका छन् । यसले मेकर्सलाई पनि करोडौँको नोक्सान पुगेको बताइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ४ : ३४ बजे

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति छोटिँदै

छैठौँ विकेट गएपछि इटालीविरुद्ध संकटमा नेपालको ब्याटिङ

काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु

दार्चुलाको नागूमा खाद्यान्न ढुवानी सुरु, मूल्यलाई लिएर स्थानीय असन्तुष्ट

दार्चुला– सडक सञ्जालले नजोडिएको दार्चुलाको नौगाड गाउँपालिका–१ को नागूक्षेत्रमा सरकारले

इटालीविरुद्ध दबाबमा नेपालको ब्याटिङ

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु

महाधिवेशनमा गुट चलाएकी पूर्वराष्ट्रपति विद्या निर्वाचनमा मौन

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादवी भण्डारी चुनावको मुखमा