चितवनमा खुल्यो निशुल्क कपडा घर « Khabarhub

चितवनमा खुल्यो निशुल्क कपडा घर


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिका–१० चौबिसकोठीमा निःशुल्क कपडा घर स्थापना गरिएको छ ।

उक्त कपडा घरको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरेकी हुन् । भरतपुर महानगरको समन्वयमा ‘बेटर चितवन र रोट्रयाक क्लब अफ नारायणी मिड टाउन’ले कपडा घर सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यमा बोस्टन इन्टरनेशनल कलेज, रोटरी इन्टरनेशनल, रोटरी क्लब अफ नारायणी मिड टाउन र परिचय संस्थाले सहयोग गरेका छन् ।

महानगर प्रमुख दाहालले निःशुल्क कपडा घर सञ्चालनमा आउनु खुशीको कुरा भएको बताइन्। उनले भनिन्, “सामाजिक काममा महानगर विभिन्न सङ्घसंस्थासँग सहकार्य र समन्वय गरी अघि बढ्न तयार छ ।”

कपडा घरमा भएका कपडा व्यक्तिले निःशुल्क लैजान सक्ने सञ्चालक ‘बेटर चितवन’का अध्यक्ष सागर कार्कीले बताए ।

कपडा, जुत्ता र पुस्तकका लागि छुट्टाछुट्टै कोठा भएको कपडा घर स्थापना गरिएको हो । व्यक्तिले मनपर्ने पुस्तक समेत छानेर लैजान सक्नेछन् भने उनीहरुले आफूसँग भएका कपडा यहाँ ल्याएर राख्न सक्नेछन् ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ८ : ०६ बजे

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट १५