चितवनमा खुल्यो निशुल्क कपडा घर « Khabarhub

चितवनमा खुल्यो निशुल्क कपडा घर


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिका–१० चौबिसकोठीमा निःशुल्क कपडा घर स्थापना गरिएको छ ।

उक्त कपडा घरको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरेकी हुन् । भरतपुर महानगरको समन्वयमा ‘बेटर चितवन र रोट्रयाक क्लब अफ नारायणी मिड टाउन’ले कपडा घर सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यमा बोस्टन इन्टरनेशनल कलेज, रोटरी इन्टरनेशनल, रोटरी क्लब अफ नारायणी मिड टाउन र परिचय संस्थाले सहयोग गरेका छन् ।

महानगर प्रमुख दाहालले निःशुल्क कपडा घर सञ्चालनमा आउनु खुशीको कुरा भएको बताइन्। उनले भनिन्, “सामाजिक काममा महानगर विभिन्न सङ्घसंस्थासँग सहकार्य र समन्वय गरी अघि बढ्न तयार छ ।”

कपडा घरमा भएका कपडा व्यक्तिले निःशुल्क लैजान सक्ने सञ्चालक ‘बेटर चितवन’का अध्यक्ष सागर कार्कीले बताए ।

कपडा, जुत्ता र पुस्तकका लागि छुट्टाछुट्टै कोठा भएको कपडा घर स्थापना गरिएको हो । व्यक्तिले मनपर्ने पुस्तक समेत छानेर लैजान सक्नेछन् भने उनीहरुले आफूसँग भएका कपडा यहाँ ल्याएर राख्न सक्नेछन् ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ८ : ०६ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी