नेकपाको अन्तरपार्टी निर्देशन–२ जारी, विशेष अभियान सञ्चालन गरिने « Khabarhub

नेकपाको अन्तरपार्टी निर्देशन–२ जारी, विशेष अभियान सञ्चालन गरिने


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन–२ जारी गरेको छ ।  पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा आज जारी गरिएको निर्देशन–२ मा गत जेठ २ देखि यही भदौ ५ सम्म अध्यक्षद्वय केपी शर्मा ओली र दाहालको अध्यक्षतामा र भदौ ९ गते अध्यक्ष दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकका निर्णयका आधारमा निर्देशन–२ जारी गरिएको जनाइएको छ ।

निर्देशन–२ मा भएका निर्णयको महत्वलाई गम्भीरतापूर्वक आत्मसात् गर्न र आआफ्नो कार्यक्षेत्रमा प्रभावकारी रुपमा कार्यान्वयन गर्न समेत अध्यक्ष दाहालले निर्देशन दिएका छन् ।

यसअघि नेकपाले पार्टी एकता सम्पन्न भएपछि केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयका निर्णयका आधारमा अन्तरपार्टी निर्देशन–१, विशेष परिपत्र–१, २, ३ र ४ जारी गरेको थियो । निर्देशन २ मा देशव्यापी रुपमा नेकपाले विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने भनिएको छ ।

‘‘पार्टीले समस्त नेता, कार्यकर्ता एवम् सदस्यलाई जनतासँंग जोड्ने र आम समुदायलाई सरकारद्वारा संञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँंग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने छ ।’’अध्यक्ष दाहालद्वारा जारी गरिएको निर्देशन–२ मा भनिएको छ ।

निर्देशन–२ मा २२ जनवर्गीय सङ्गठनको एकता, केन्द्रीय सदस्यको कार्यविभाजन, वरिष्ठ नेताको मर्यादाक्रम र केन्द्रीय कमिटीमा सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी केन्द्रीय उपाध्यक्षको जिम्मेवारी प्रदान गर्न स्थायी कमिटीसमक्ष प्रस्ताव लैजाने निर्णय, जिल्ला कमिटीहरुको एकीकरणका सम्बन्धमा, केन्द्रीय सदस्य मनोनयन, अनुशासन पालना र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामनाको प्रस्ताव पारित गरिएका निर्णय छन् ।

निर्देशनमा पार्टी एकता तीन महिनामा सक्ने भनिए तापनि अपेक्षा गरेभन्दा बढी नै समय लिएको उनले उल्लेख गरेका छन् ।

‘‘हामीले एकताका बाँकी कामहरु तीन महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेका थियौं । राष्ट्रिय राजनीतिले सिर्जना गरेका नयाँनयाँ जिम्मेवारी र मूलतः सहमतिका साथ एकता–एकीकरणका बाँकी काम सम्पन्न गर्न हाम्रो उत्कृष्ट चाहनासमेतका कारणले गर्दा पूर्वघोषित तीन महिनाभित्र एकताका बाँकी काम सम्पन्न गर्न सम्भव भएन’’, निर्देशनमा भनिएको छ, ‘‘ अपेक्षा गरेभन्दा बढी नै समय लिएर मूलतः सहमति र समझदारीका साथ एकताको काम अघि बढेको छ र अन्तिम चरणमा पुगेको छ । हामी छिट्टै एकताको बाँकी काम सम्पन्न गर्ने छौँ । चाँडै पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गर्नेछौं ।’’

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ९ : ४४ बजे

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी