नेपाली चेलीको चीनमा तस्करी हुने गरेको खुलासा, घटनामा संलग्न १० जना पक्राउ | Khabarhub Khabarhub

नेपाली चेलीको चीनमा तस्करी हुने गरेको खुलासा, घटनामा संलग्न १० जना पक्राउ


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनाव तस्करी गर्ने गिरोहले विभिन्न प्रलोभन देखाएर विवाहको नाममा नेपाली चेलीहरुको चीनमा तस्करी गर्ने गरेको पाइएको छ ।

मानव बेचविखन अनुसन्धान व्यरोको टोलीले विशेष सूचनाका आधारमा चीन बेचिन लागेका केही नेपाली चेलीको उद्दार गरेसँगै चीनमा नेपाली चेलीको तस्करी हुने गरेको रहस्य खुलेको हो ।

ब्यूरोबाट खटिएको प्रहरी टोलीले बिभिन्न मिति तथा स्थानहरुबाट ४ जना पीडित युवतीहरुको उद्दार गरेपछि घटना बाहिर आएको हो। उक्त अपराधमा संलग्न ६ नेपाली तथा ४ चिनिया गरी जम्मा १० जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु २, हाल टोखा बस्ने रिना तामाङ भन्ने बिबिरानी तामाङ, नुवाकोट ककनी गाउँपालिका ४ हाल टोखा बस्ने रोज तामाङ, लमजुङ, बेशिशहर ३, हाल टोखा बस्ने पार्वती गुरुङ्, लमजुङ बेशीशहरकी अमृता गुरुङ, लमजुङ बेशीसहर गुम्बाचोकका ९भरत तामाङ, लमजुङ, साविक गाँउशहर ४, हाल काठमाण्डौ सानेपा बस्ने उषा कुमार घिमिरे रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले गाउँका सोझासाझा चेलीहरुलाई विभिन्न प्रलोभन देखाएर विवाहका नाममा चीन पठाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने चिनियाँ नागरिकमध्ये जेङ सियाङ डोङ र ज्याङ डोङ हुइ चिनियाँ दलाल हुन् भने क्वान ग्याङ पिङ र क्वीन लियाङ नेपाली युवतीसँग बिहे गर्न आएकाको ब्युरोले जनाएको छ।

पक्राउ परेकाहरुको साथबाट १२ वटा मोबाइल, करिब २२ लाख नेपाली रुपैयाँ, चिनियाँ यूआन २ हजार ३ सय र अमेरिकी डलर १ सय ९० बरामद भएको गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १० : ५१ बजे

जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका

काँकरभिट्टा नाकाबाट दुई महिनामा करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो दुई महिनामा काँकरभिट्टा

धवलागिरिका ४४० घरमा खानेपानी सुविधा विस्तार

म्याग्दी– धवलागिरि गाउँपालिकामा यस वर्ष निर्माण सम्पन्न भएका दुईवटा योजनामार्फत

यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गाजामा तुरुन्त युद्ध रोक्न ट्रम्पको आग्रह, राष्ट्रसंघमा अरू के भने ?

न्यूयोर्क– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभामा