मनास्लु हिमाल आरोहणका क्रममा विदेशी पर्यटकको मृत्यु « Khabarhub

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी पर्यटकको मृत्यु


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– चुमनुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमाल आरोहण गर्न गएकी एक विदेशी पर्यटकको मृत्यु भएको छ ।

हिमाल आरोहण गर्ने क्रममा पोल्याण्डकी ५० वर्षीया रिता डोनेटा ब्लाड्यको शनिवार लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

आरोहणका क्रममा ब्लाड्य तेस्रो शिविरसम्म पुगेकी थिइन् । ‘सेभेन समिट ट्रेक्स प्रालि’मार्फत् मनास्लु आरोहणका लागि त्यहाँ पुगेकी ब्लाड्य माथिल्लो शिविर उक्लदै गर्दा बिरामी परेकी हुन् ।

बोकेर तेस्रो शिविर ल्याइपुर्‍याउँदा उनको मृत्यु भएको शर्माले बताए ।

मौसम खराब भएका कारण उनको शव ल्याउन समस्या भएको उनले बताए । घटनास्थल उत्तरी गोरखाको सामागाउँ प्रहरी चौकीबाट तीन दिनको पैदल दूरीमा पर्छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ७ : ५९ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत