जापानमा रोजगारी ‘लक्की ड्र’मार्फत– श्रम सम्झौता एउटा, छनोट प्रक्रिया अर्कै | Khabarhub Khabarhub

जापानमा रोजगारी ‘लक्की ड्र’मार्फत– श्रम सम्झौता एउटा, छनोट प्रक्रिया अर्कै


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्सिङ केयरगिभरको रोजगारीका लागि जापान जान चाहने नेपालीले भाषा परीक्षामा सामेल हुन ‘लक्की ड्र’मार्फत छनोट हुनुपर्ने भएको छ ।

‘लक्की ड्र’मार्फत छनोट भएकाले मात्र ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ र ‘नर्सिङ केयर जापनिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’मा सहभागि हुन पाउने भएका छन् ।

‘लक्की ड्र’ अर्थात चिट्ठा मार्फत भाषा परीक्षाका लागि छनोट गर्ने जापान फाउण्डेसनले शुक्रबार (असोज १०) गतेबाट अनलाईन आवेदन फारम खुलाएको छ ।

शुक्रबारदेखि आगामी अक्टोबर ३ बिहिवारसम्म आवेदन भर्न सकिने फाउण्डेसनले जनाएको छ ।  जापानले नर्सिङ केयरगिभरका लागि ‘लक्की ड्र’मार्फत छनोट गर्ने प्रक्रिया श्रम सम्झौताको विपरित रहेको छ ।

गत चैतमा नेपाल र जापानबीच भएको श्रम सम्झौतामा नेपालबाट अन्य स्रोत देशकै स्तरमा श्रमिक लैजाने जापान सरकारले हस्ताक्षर गरेको थियो ।

श्रम सम्झौताभन्दा फरक श्रमिकको माग

जापान सरकारले नेपालसँग भएका श्रम सम्झौता भन्दा फरक ढंगमा नेपालबाट कामदार लिने भएको छ । २०७५ चैत ११ मा भएको दुवै देशको श्रम सम्झौता जापानीज ‘लक्की ड्र’मार्फत छनोट गर्ने प्रक्रिया श्रम सम्झौतामा उल्लेख छैन । सम्झौता भन्दा फरक शैलीबाट नेपाली कामदार जापानले लैजान खोजेको हो ।

नेपाल र जापानबीच भएको श्रम सम्झौताअनुसार पहिलो चरणमा नेपालबाट नर्सिङ तथा केयर गिभरमा कामदार लैजानका लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

नेपाल र जापान सरकारबीच ७ महिनाअघि भएको श्रम सम्झौता अनुुसार नै नेपाली कामदार लैजानका लागि आवेदनको माग गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले दाबी गरे ।

‘हरेक देशको आआफनो नियम र विदेशी कामदार भित्राउने रणनीतिक हुन्छ’, उनले भने,‘सोहीअनुसार जापानले पनि सहज ढंगले नेपालबाट श्रमिक लिने अभ्यास गरेको हुनसक्छ ।’

जापान जाने श्रमिकहरुलाई जापानी कानून बमोजिम रोजगारीका सेवा, सुविधा एवं शर्तहरु जापानी नागरिक सरह पाउने समझदारीमा उल्लेख गरिएको थियो ।

जापान सरकारले अन्य देशबाट समान तरिकाले विदेशी कामदार लिने गरेको छ । तर नेपालबाट भने लक्की ड्रमार्फत नेपाली श्रमिक छनोट गर्न खोजेर जापान सरकारले नेपाली श्रमिकलाई अयोग्य ठहर गर्न खोजेको आरोप वैदेशिक रोजगारविज्ञको भनाइ छ

समझदारी पत्रमा सन् २०१९ को अप्रिल १ देखि १४ वटा क्षेत्रमा नेपाली श्रमिक लिने उल्लेख छ । जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ लगायत १४ वटा क्षेत्रमा काम गर्नका लागि नेपाली श्रमिकहरु लैजान चाहेको श्रम सम्झौता भएको समयमा बताइएको थियो ।

सन् २०१९ देखि जापानले ९ वटा देशबाट १४ वटा कार्यक्षेत्रमा विदेशी श्रमिक लैजाने भएको छ । जापान सरकारले ५ वर्षभित्र ४ लाख विदेशी श्रमिक भित्राउने लक्ष्य लिएको थियो ।

जापान सरकारले अन्य देशबाट समान तरिकाले विदेशी कामदार लिने गरेको छ । तर नेपालबाट भने लक्की ड्रमार्फत नेपाली श्रमिक छनोट गर्न खोजेर जापान सरकारले नेपाली श्रमिकलाई अयोग्य ठहर गर्न खोजेको आरोप वैदेशिक रोजगारविज्ञ गणेश गुरुङको छ ।

नेपालबाट अन्तिम समयमा जापानले रोजगारीका लागि लक्की ड्रमार्फत कामदार छनोट गर्ने खोज्नु भनेको झरा टार्ने काम मात्र भएको डा.गुरुङले बताए । उनले भने, ‘जस्तो सुकै माध्यममार्फत कामदार लिन खोज्ने विषयमा श्रमिक आपूर्तिकर्ता देश नै सचेत हुनुपर्छ । अन्तराष्ट्रियस्तरमा नभएको लक्की ड्रबाट कसरी भाषाका लागि योग्य अयोग्य थाहा पाउँछन् । यो त नेपाली श्रमिकमाथिको अपमान नै हो ।’

जापनिज ल्याङ्ग्वेज टेस्ट

जापान सरकारले नर्सिङ केयरगिभरमा जान चाहनेका लागि कुनै शैक्षिक योग्यता नचाहिने बताए पनि ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ र ‘नर्सिङ केयर जापनिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’ भने पास गर्नुपर्ने उल्लेख गरिएको छ । दुई किसिमको परीक्षण गरिने फाउण्डेसनको सूचनामा भनिएको छ ।

आवेदन दिएकामध्ये सफ्टवेयरको माध्यमबाट अक्टोबर ९ मा लक्की ड्र हुने गरी त्यसमा छनोट हुनेहरुलाई परीक्षाका लागि भौचर भर्न दिने व्यवस्था गरिएको जापान फाउण्डेसनको सूचनामा भनिएको छ । लक्की ड्र अनलाइन आवेदनका लागि कुनै पनि शुल्क नलाग्ने फाउण्डेसनले जानकारी दिएको छ ।

लक्की ड्रमार्फत छनोटमा परेकाहरुले ११ अक्टोबरमा भौचर लिनुपर्दछ । जसका लागि २ हजार ५ सय शुल्क लाग्ने फाउण्डेसनले जानकारी दिएको छ ।

लक्की ड्रमा छनोटमा परेका नर्सिङ केयरगिभरमा जान चाहने कामदारले जापानी भाषा र सिप मूल्याङ्कन परीक्षाका सामेल हुनुपर्छ । जापानी भाषा परीक्षा अक्टोबर २७ देखि २९ र नोभेम्बर ७, १२ र १४ मा हुने यसअघि नै सूचित भइसकेको थियो । भौचर लिने सम्बन्धमा थप जानकारी लक्की ड्रको नतिजासँगै उपलब्ध गराइने पनि सूचनामा उल्लेख गरिएको छ ।

नर्सिङ केयरगिभरको सिप परीक्षा ६० मिनेटको हुनेछ, जसमा ४५ वटा प्रश्न सोधिने जनाइएको छ । परीक्षा कम्प्युटर बेस्ड टेस्टिङ विधिबाट लिइनेछ । ४५ प्रश्नमध्ये ४० लिखित र बाँकी ५ प्रश्न व्यवहारिक हुनेछन् ।

नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुयसन टेष्टमा भने १५ वटा प्रश्नहरु सोधिने छन् । दुवै परीक्षाका लागि १ हजार जापनिज येन शुल्क लाग्ने बताइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ११ : २२ बजे

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर

अर्थमन्त्री पुनको अमेरिका भ्रमण : माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

काठमाडौं– संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा