व्यापार सन्धिका प्रावधानहरु पुनरावलोकन गर्न नेपालका तर्फबाट संशोधन प्रस्ताव « Khabarhub

व्यापार सन्धिका प्रावधानहरु पुनरावलोकन गर्न नेपालका तर्फबाट संशोधन प्रस्ताव


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले एक्रेलिक यार्न, तामाको तार, वनस्पति घीउ र जिङ्क अक्साइडमा भारतले लगाउँदै आएको कोटा हटाउन प्रस्ताव गरेको छ ।

नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकनसम्बन्धी वाणिज्य सहसचिवस्तरीय तेस्रो चरणको बैठकमा नेपालका तर्फबाट प्राथमिक वस्तुमा पारस्परिकताका आधारमा शून्य भन्सार सुविधाको पुनरावलोकन गर्न पनि प्रस्ताव गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतसँग बढ्दै गएको व्यापारघाटा न्यूनीकरण, भारतीय बजारमा नेपाली उत्पादनको सहज पहुँच, गैरभन्सार अवरोध हटाउने र व्यापार नाकाका पूर्वाधार सुधार लगायतका विषयमा नेपालका तर्फबाट संशोधन प्रस्ताव राखिएको हो ।

यही असोज ९ र १० गते भारतको नयाँ दिल्लीमा भएको उक्त बैठकमा नेपालका तर्फबाट निकासी हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने प्रावधानमा सरल गर्ने लगायतका विषयमा पनि छलफल भएको थियो ।

द्विपक्षीय व्यापारलाई सहज र अवरोधरहित बनाउन एक–अर्को मुलुकका प्रयोगशालाबाट जारी गरिएका प्रमाणपत्रलाई मान्यता दिने तथा तरकारी, फलफूल र जडीबुटीको निकासीलाई सहज गराउने विषयमा पनि दुवै देशका अधिकारीबीच गहन र विस्तृतरुपमा छलफल भएको बताइएको छ ।

पारवहन सन्धिमा थप नाकाबाट ‘बल्क’ कार्गो दुवानी गर्न पाउने प्रावधानसहितको एकीकृत ‘लेटर अफ एक्सचेन्ज’ र जल यातायातको माध्यमबाट नेपालले पारवहन सुविधा उपयोग गर्नेसम्बन्धी पारवहन सन्धिलाई संशोधन गर्ने प्रस्तावित ‘लेटर अफ एक्चेन्ज’को मस्यौदालाई बैठकले अन्तिम रूप दिएको छ ।

जलमार्ग उपयोगसम्बन्धी प्रावधान नेपाल–भारत पारवाहन सन्धिमा समावेशपश्चात नेपालले कोलकाता/हल्दियाबाट गङ्गा नदीमा निर्मित भारतको आन्तरिक जलमार्ग प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाजसमेत सञ्चालन गर्ने तथा भारतको शाहिबगञ्ज, कालुघाट र बनारसमा रहेका आन्तरिक जल यातायातका टर्मिनल प्रयोग गरी बहुप्राविधिक ढुवानीमार्फत नेपाली सामान ढुवानी गर्नसक्ने सुविधा हुने छ ।

नेपाल–भारत विद्यमान व्यापार सन्धि र सोको प्रोटोकलमा भएका विभिन्न प्रावधानमा पुनरावलोकन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त बैठकमा नेपालका तर्फबाट सहसचिव नवराज ढकाल र भारतका तर्फबाट वाणिज्य तथा उद्योग मन्त्रालयका अतिरिक्त सचिव भूपिन्दर एस भल्लाले नेतृत्व गरेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १ : २४ बजे

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा