सीएमसीका मेडिकल विद्यार्थी र अभिभावक फेरि आन्दोलित « Khabarhub

सीएमसीका मेडिकल विद्यार्थी र अभिभावक फेरि आन्दोलित


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन मेडिकल कलेज (सीएमसी)का विद्यार्थीहरुले पुनः आन्दोलन शुरु गरेका छन् ।

विद्यार्थीसँग लिएको बढी  शुल्क सीएमसीले फिर्ता गर्ने सहमति गरेपनि कार्यान्वयन नभएको भन्दै एमबीबीएस तथा नर्सिङका विद्यार्थीहरु र अभिभावक आन्दोलमा उत्रिएका हुन् ।

मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै शुल्क फिर्ताका लागि विद्यार्थीहरु भदौदेखि नै आन्दोलन गर्दै आएका थिए । विद्यार्थीको आन्दोलन पछि सरकारले मेडिकल कलेजलाई बढी लिएको शुल्क एक महिनाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो।

सरकारको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यलय चितवनले अभिभावक, विद्यार्थी, कलेज प्रशासन र जिल्ला प्रशासन कार्यलयका पदाधिकारीको समिति बनाएर कलेजले बढी लिएको शुल्कको विवरण तयार पार्ने सहमति गरिएको थियो ।

सहमतिपछि सीएमसीका आन्दोलनरत विद्यार्थीहरुले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेपनि मेडिकल कलेजले बढी शुल्क लिएको विवरण नै तयार पार्न नमानेपछि विद्यार्थीहरु पुनः आन्दोलित भएका हुन् ।

मेडिकल कलेजले शुल्क फिर्ताका लागि प्रतिवेदन तयार पार्नै अवरोध गरेको भन्दै विद्यार्थीहरुले सोमबार बिहान ११ बजे सिएमसीको प्रवेशद्धारमै नाराबाजी गरेका थिए ।

आन्दोलनरत विद्यार्थीहरुले सिएमसीले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग १२ लाखसम्म र नर्सिङका विद्यार्थीसँग ६ लाख सम्म बढी शुल्क लिएको दाबी गर्दै आएका छन् । उनीहरुले २०७४ साल यता सीएमसीले ४५ करोड बढी शुल्क लिएको विद्यार्थीहरुको दाबी छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ५ : ४३ बजे

क्यानका प्रवक्ता छुम्बी लामालाई राखेपले फिर्ता बोलायो

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट सङ्घ

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी– कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम

कांग्रेस बनाउने गगनको ‘जरा अभियान’ : कोइराला-खड्काको असन्तुष्टि

काठमाडौँ – नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि देशैभर ‘एकमहिने

१५ दिनभित्र घरबहाल नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम हुने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ग्यालेक्सी फोर के (Galaxy 4K) टेलिभिजनलाई १५

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

बागमती– बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक अपराह्न ५