फोक्सोदेखि मुटु रोगीसम्मका लागि स्वीमिङ स्वास्थ्यवर्द्धक | Khabarhub Khabarhub

फोक्सोदेखि मुटु रोगीसम्मका लागि स्वीमिङ स्वास्थ्यवर्द्धक


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वीमिङ नआए पनि कतिपय मानिस नडुब्ने पानीमा भएपनि पौडी खेल्ने गर्दछन् ।

पौडिन जान्नेहरु त गहिरो वा बहाव भएको पानीमै पौडिन्छन् । पौडी आफैमा एक खेल, व्यायाम तथा मनोविज्ञानका हिसाबमा पनि उपयोगी मानिन्छ । साना बालबालिकादेखि वृद्ध उमेरका ब्यक्ति समेत पौडी खेल्ने गर्दछन् ।

पौडी रहरका लागि मात्र नभएर व्यायामका लागि पनि उत्तिकै फाइदाजनक मानिन्छ । पौडी खेल्दा हुने फाइदाहरु यस्ता छन्–

१. मांसपेशी सक्रिय
पौडी खेल्दा मांसपेशी सक्रिय भई यसमा तागत बढ्ने गर्दछ । शरीरले धेरै शक्ति खर्चिने भएकाले समग्र शरीरकै व्यायाम हुने गर्दछ ।

२. हड्डीमा लाभ
पौडीनुको सबैभन्दा बढि फाइदा शरीरका हाड्डीहरुमा हुने गर्दछ । पौडी खेल्दा बोन मिनरल डेन्सिटी र फेमोरल बोन नियन्त्रण भई शरीरको हाड मजबुत हुने गर्दछ ।

३. लचिलो शरीर
पौडी खेल्दा पानीमा शरीर फैलिने, बटारिने, घुम्ने तथा खुम्चिने गर्दछ । हात तथा घु“डा फैलन्छन् भने शरीरमा दबाब उत्पन्न हुन्छ । जसले शरीर लचिलो बनाउने गर्दछ ।

४. मुटुलाई फाइदा
पौडीले मुटुलाई बिषेश लाभ हुने गर्दछ । पौडिँदा शरीरमा पर्ने बलले धमनीलाई सक्रिय तथा सशक्त बनाउद“छ । मुटु सुन्निने समस्या भएमा पौडीले न्यूनीकरणमा मद्दत पु¥याउँछ ।

५. क्यालोरीमा कमी
पौडीदा शरीरबाट अत्याधिक मात्रामा क्यालोरी खर्च हुन्छ जसले दौडदा भन्दा बढी लाभ पु¥याउने गर्दछ । यसले शरीरको मोटोपना तथा अनावश्यक क्लयालोरी घटेर जाने गर्दछ ।

६. दममा उपयोगी
पौडी खेल्दा शरीरले ओसिलो अक्सिजन प्राप्त गर्छ । यस्तो प्रकारको अक्सिजन फोक्सोका लागि उपयुक्त हुन्छ । तसर्थ, स्वीमिङ गर्नेलाई दमको रोग लाग्ने सम्भावना कम हुन्छ ।

७. चिन्ता नियन्त्रण
पौडीदा शरीरको आलस्यता तथा थकान कम हुनुका साथै मानसिक चिन्ता समेत घटाउने गर्दछ । पौडीदा शरीरमा एकरूपता हुने भएकाले मानसिक चिन्ताबाट मुक्ति मिल्ने गर्दछ ।

८. छालामा फाइदा
नुनिलो पानीमा पौडिँदा यसले छालामा बिशेष लाभ पुर्याउने गर्दछ । किनकी नुनिलो पानीले शरीरमा नयँ“ कोष पैदा गरी सौन्दर्य वृद्धिमा समेत सघाउँछ ।

९. बुद्धि विकास
पौडिँदा यसले साना नानीहरुको बौद्धिक क्षमता विकासमा सहायता गर्ने गर्दछ । नियमित पौडीने बालबालिकामा भाषा, सीप र आत्मविश्वासको विकास हुने स्तर बढ्ने गर्दछ ।

१०. आयु बढ्दछ
नियमित व्यायाम वा पौडी खेल्नाले रोग तथा संक्रमणको खतरा घटाई आयु समेत बढ्ने गर्दछ । पौडी खेल्ने मानिसको आयु अन्य मानिसको भन्दा बढी हुने गर्दछ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ७ : ०३ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता