प्रेम सम्बन्ध मजबुत बनाउने ७ तरिका | Khabarhub Khabarhub

प्रेम सम्बन्ध मजबुत बनाउने ७ तरिका


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक प्रेम सम्बन्धमा उतारचढाव आइरहेको हुन्छ । प्रेम आफैमा विना स्वार्थ चल्ने गर्दछ । तर कहिलेकाहीँ प्रेममा सुझबुझ र एक अर्काको भावना नबुझिदिँदा प्रेम टुट्ने गर्दछ ।

कतिपय अवस्थामा महिलाको भावना कस्तो हुन्छ भनेर नजान्नाले पनि प्रेममा दरार आउने गर्दछ । त्यसले कोही पुरुष प्रेममा हुनुहुन्छ भने यी कुराको जानकारी राखेमा तपाईको प्रेमी तथा प्रेमिकासँगको सम्बन्ध अझै सुमधुर हुने गर्दछ ।

१. सबै मानिसलाई आफ्नो बारेमा अरुले राम्रो भनिदिउन् भन्ने चाहना हुन्छ । अझ महिलामा यो चाहना बढी मात्रामा हुने गर्दछ । यस्तोमा तपाई प्रेमीकासँगको भेट वा कुराकानीमा सकेसम्म उनको बखान गर्न नछुटाउनुहोस् ।

२. हरेक प्रेमीका आफ्नो प्रेमीले आफूलाई स्वतन्त्रता दिउन् भन्ने चाहानछन् । उनिहरु आफ्नो बारेमा प्रेमी उदार हुन् भन्ने सोच्दछन् । तसर्थ आफ्नी प्रेमीकालाई कुनै कुरामा बन्देज वा प्रतिबन्ध नलगाउनुहोस् ।

३. अधिकाशं महिलालाई साना कुराले पनि निकै प्रभाव पार्दछ । उनिहरु आफ्नो प्रेमीले प्रस्ताव गरेको, पहिलो पटक भेटेको लगायत अन्य दिनहरु सम्झिउन् भन्ने चाहान्छन् । तर पुरुष भने यस्ता मिति खासै ख्याल राख्दैनन् । जसले कहिलेकाहि तपाईको प्रेमिकाको मन खिन्न बनाउने गर्दछ ।

४. हरेक महिला आफ्नो प्रेमीले सघाउन् वा साथ दिउन् भन्ने चाहान्छन् । कार्यालयको काम, शैक्षिक बिषय वा घरायशि बिषयमा पनि प्रेमीको साथ होस् भन्ने उनीहरुको चाहाना हुन्छ । यसतोमा सघाउने वा साथ दिनाले तपाईकी प्रेमिका तपाई प्रति निकै सकारात्मक बन्ने गर्दछिन् ।

५. के तपाईले आफ्नो प्रेमिकालाई कहिल्यै सरप्राइज दिनु भएको छ । सरप्राइज दिन कुनै महंगो वस्तु वा उपलब्धि चाहिदैन । मात्र अरुले भन्दा फरक ढंगले उनलाई उपहार, कुनै निर्णय वा उपलब्धी सुनाउनु भयो भने यसले उनलाई सरप्राइज दिन सक्छ ।

६. प्रेम भनेको भावनामा निर्भर रहने गर्दछ । तर कतिपय अवस्थामा यसलाई प्रकट वा देखिने गरी बुझाइनु समेत पर्दछ । तसर्थ हरेक महिला आफ्नो प्रेमीले आफुहरु बिचको प्रेम प्रकट गरुन् वा देखाउन् भन्ने चाहान्छन् । जसले उनीहरु आफ्नो पुरुषका लागी महत्वपुर्ण छु भन्ने ठान्दछन् ।

७. कहिल्यै पनि आफ्नो प्रेमिकालाई अन्य महिला वा पूर्व प्रेमिकासंग तुलना नगर्नुहोस् । यसरी तुलना गर्नाले उनिहरु तपाईको नजरमा आफ्नो स्थान कम वा अरुको बढि छ भन्ने ठान्दछन् । तसर्थ कहिल्यै पनि प्रेमिकालाई कोहि कसैसंग तुलना नगर्नुहोस् ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ८ : ०८ बजे

ईश्वर पोखरेल भन्छन्- पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गर्ने मै हुँ, पेन्डिङमा छैन

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या देवी

इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु

जकार्ता- इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा आइतबार एउटा यात्रुबाहक पानीजहाजमा आगलागी

स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा

रसुवा– गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

काठमाडौं– सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा राष्ट्रिय

कर्ण थापा भन्छन्- पूर्वराष्ट्रपति राजनीतिमा आइसक्नु भयो, पार्टीले उचित निर्णय लिनेछ

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी