सिसडोल प्रभावित स्थानीयलाई महानगरले क्षतिपूर्ति दिने « Khabarhub

सिसडोल प्रभावित स्थानीयलाई महानगरले क्षतिपूर्ति दिने


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकाले सिसडोल ल्याण्डफिल क्षेत्रभित्र परेका जग्गाको बालीनालीको क्षतिपूर्ति दिने भएको छ।

कामपाको सोमबार बसेको ३७ औँ कार्यपालिका बैठकले सिसडोल ल्याण्डफिल क्षेत्रभित्र परेका प्रभावित जग्गाको बाली क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

दुई वर्षको लागि भन्दै विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर सिसडोलमा लगिने गरेको छ । उपत्यकाबाट दैनिक एक हजार २ सय मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । जसमा सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिकटन फोहोर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी दुई सय गाडी फोहोर लगिने गरिएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न बैठकले, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि कार्यक्रम सञ्चालन व्यवस्थापन अनुगमन र नियमन सम्बन्धी कार्यविधि तयार गर्न विधायन समिति गठन गरेको छ ।

बैठकले शहरी योजना आयोगका सदस्यको नियुक्तिलाई अनुमोदन गरेको छ । शहरी योजना आयोग गठन तथा सञ्चालन कार्यविधि ऐनबमोजिम प्रमुखले नियुक्त गरेका आयोगका सदस्यको नियुक्ति कार्यपालिका बैठकबाट अनुमोदन गराउनुपर्ने व्यवस्था छ ।

जिन्सी निरीक्षण प्रतिवेदन २०७५ ले औल्याएका र फुटपाथ अतिक्रमण नियन्त्रण गर्ने क्रममा सङ्कलन गर्ने कपडाजन्य सामान लिलाम गर्ने निर्णय गरेको बैठकले फुटकर जिन्सी सामग्रीको दररेट समेत स्वीकृत गरेको छ । महानगरले मेलमिलाप केन्द्र स्थापना गर्न सूचीकृत गरेको मेलमिलापकर्ताको सूची बैठकले अनुमोदन गरेको छ ।

त्यसैगरी फोहोरमैला व्यवस्थापनमा विद्यमान अभ्यास, यसका लागि लगानी बोर्डबाट गरिएका प्रयासको समीक्षा गर्दै बैठकले महानगरको दायित्वभित्र पर्ने फोहोरमैला व्यवस्थापन कार्यमा पनि छलफल गरेको छ ।

बैठकले विविधमा राखिएका प्रस्तावमाथि छलफल गर्दै, उपभोक्ता समितिले सम्पादन गर्ने पूर्वाधार निर्माणका काममा भ्याट बिल जारी गर्न मिल्ने सामानमा भ्याट बिल नै स्वीकार गर्ने र मूल्य अभिवृद्धि करबापतको मूल्य भुक्तानी गर्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १० : २९ बजे

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व संकलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२-८३ को

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको