८ वर्षीय बालकले मोटरसाइकल हुइँक्याएपछि… « Khabarhub

८ वर्षीय बालकले मोटरसाइकल हुइँक्याएपछि…


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुई पांग्रे सवारी चलाउने न्यूनतम उमेर कति होला ? नेपालको नियम अनुसार हो भने १६ बर्ष ।

मोटरसाइकल चलाउन न्यूनतम १६ बर्ष उमेर कटेको हुनुपर्छ । त्यो पनि नागरिकता प्राप्त गरेपछि लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण भएको अवस्थामा मात्र सवारी चलाउन पाउने नियम छ । तर एक ८ बर्षिय बालकले मोटरसाइकल चलाए भन्दा तपाई पत्याउनु हुन्छ ?

घटना नेपालको होइन, छिमेकी मुलुक भारतको हो । भारतमा एक ८ बर्षिय बालकले मोटर साइकल चलाएको भिडियो भाइरल भएको छ ।

भारतको उत्तरप्रदेश लखनऊस्थित काकोरीमा एक ८ बर्षको बालकले सवारी चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो । भिडियो भाइरल बनेसंगै प्रहरीले बालकका पिताको नाममा ई चलान काटेको छ ।

काकोरीका दुध कारोबारीको नाममा रहेको बाइक नाबालकले चलाएको भिडियो सामाजिक सञ्जालमा अपलोड भएसंगै त्यसैको निहु“मा पितामाथि कारबाही हुने भएको हो ।

भारतको नया“ सवारी नियममा नाबालिगले सवारी चलाएमा अभिभावक वा सवारी धनीलाई कारबाहि हुने नियम छ । जस अनुसार न्यूनतम २५ हजार भारतीय अर्थात नेपाली ४० हजार जरीवाना तिर्नु पर्ने हुन्छ ।

यो संगै ३ महिनासम्म कारागार चलान समेत हुनसक्नेछ । उक्त नियमलाई टेकेर भारतिय प्रहरीले बालकलाइ बाइक चलाउन दिने उनका पितालाई उल्लेख गर्दै कारबाही गर्ने भएको हो ।

हुनतः अहिलेसम्म प्रहरीको सामु उक्त बाइकको नंबर बाहेक अरु केही जानकारीमा छैन । भिडियो भाइरल भएपछि बाइकको नम्बरको आधारमा प्रहरी उक्त बाइकको धनिको खोजिमा जुटी बालकको पितालाई बेनामे चलान काटेको हो ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ९ : ०५ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले