डीएनए जाँचका लागि बग्दादीको भित्रीवस्त्र चोरेको दाबी « Khabarhub

डीएनए जाँचका लागि बग्दादीको भित्रीवस्त्र चोरेको दाबी


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कुर्दिश नेतृत्वको सिरियन डेमोक्राटिक फोर्सेस (एसडीएफ) ले इस्लामिक समूहका नेता अबु बकर अल-बग्दादी मारिनुअघि पहिचान गर्न डीएनए जाँचका निम्ति उनको भित्रीवस्त्र आफ्ना जासुसले चोरेको जनाएको छ।

एसडीएफका एक वरिष्ठ कमाण्डरले अमेरिकी सेनाको कारबाहीअघि आईएसका नेता बसिरहेको ठाउँ पत्ता लगाउन आफूहरूको स्रोतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरेको बीबीसीले जनाएको छ ।

शनिवार उत्तरी सिरियामा अमेरिकी सेनाको कारबाहीका क्रममा बग्दादीले ‘सुसाइड भेस्ट’ आत्मघाती विस्फोट गराई आफ्नो ज्यान लिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कुर्दिश फौजको भूमिकालाई खासै स्वीकारेका छैनन् ।

अक्टोबर २७ को सैन्य कारबाहीबारे घोषणा गर्दा ट्रम्पले कुर्दहरूले महत्त्वपूर्ण सूचना उपलब्ध गराएको बताएका थिए । यद्यपि सैन्य कारबाहीमा उनीहरूको कुनै भूमिका नरहेको उनले बताएका छन् ।

तर कमाण्डर पोलाट क्यानले सामाजिक सञ्जाल ट्विटरमा सोमवार गरेका पोस्टहरूमा अमेरिकी सैन्य कारबाहीमा एसडीएफले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “सबै जासुसी र बग्दादीसम्म पहुँचका साथै उनी बसिरहेको स्थानको पहिचानमा हाम्रै भूमिका रह्यो । बम खसाल्न ठाउँ देखाउने, सहभागी हुने र कारबाहीलाई सफल पार्ने कुरामा अन्तिम समयसम्म हाम्रो गुप्तचर स्रोतको सहभागिता रह्यो ।”

बग्दादी भएको ठाउँ पत्ता लगाउने कामका लागि एसडिएफले मे १५ तारिखदेखि नै सीआईएसँग सहकार्य गरेको क्यानले बताए ।

भागेर एउटा सुरुङभित्र छिरेका अल-बग्दादीलाई अमेरिकी सैनिकले बाहिर आउन र आत्मसमर्पण गर्न भनेका थिए । तर अल-बग्दादीले आत्मघाती विस्फोट गराई आफूसँगै छोराछोरीको ज्यान लिए । त्यसपछि उनका शरीरका अवशेषहरूको परीक्षणबाट उनी मारिएको पुष्टि भएको राष्ट्रपति ट्रम्पले बताएका थिए।

सोमवार अमेरिकी सेनाले इस्लामिक स्टेटका नेता अबु बकर अल-बग्दादीको शरीरका अवशेषहरूको व्यवस्थापन गरिएको जनाएको थियो । यद्यपि कहाँ र कसरी व्यवस्थापन गरियो भन्नेबारे सेनाले केही बताएन ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ८ : ५२ बजे

धरौटी नराखी व्यवसाय गर्न पाउनुपर्ने कन्सल्टेसी सञ्चालकको माग, सरकारको नयाँ नियमावलीमा असहमति

काठमाडौं– सरकारले कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त

सुरुङ सञ्चालनअघि ‘मर्निङवाक’ गर्नेको रोजाइ बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड (तस्बिरहरू)

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको