दिवाली मनाउँदा अभिनेत्री शर्माको लेहेङ्गामा आगो सल्किएपछि… « Khabarhub

दिवाली मनाउँदा अभिनेत्री शर्माको लेहेङ्गामा आगो सल्किएपछि…


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दिवाली मनाउने क्रममा भारतीय एक चर्चित टिभी अभिनेत्री निया शर्माको लेगेङ्गामा आगो लागेको छ ।

दिवालीको पार्टीमा उनले लगाएको लेहेङ्गामा आगो सल्किएको थियो । आगोले जलेको उनको लेहेङ्गा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । कपडामा आगो सल्किए पनि ठूलो दुर्घटना हुनबाट भने उनी बच्न सफल भएकी छिन् ।

दिवाली पार्टीमा बालिएको दियोले निया शर्माको लेहेङ्गा जलेको हो । उक्त जलेको लेहेङ्गा नियाले इन्स्टा स्टोरीमा सेयर गरेकी छन् ।

नियाले आफू कसरी ठूलो दुर्घटना हुनबाट बच्न सफल भइन् भन्ने कुरामा अझैं विश्वास गर्न सकिरहेकी छैनन् । उनले जेलेको लेहेङगाको तस्वीर सेयर गर्दै क्याप्शनमा लेखेकी छन्–‘दियोको ताकत ।

सेकेण्डमै आगलागी भयो । मेरो आउटफिटमा लगाइएको लेयर्सका कारण म बाँचे । साथै यस्तो कुनै शक्ति थियो, जसले मलाई बचायो ।’

उक्त पार्टीमा निया सिल्बर कलरको सुन्दर लेहेङगा लगाएकी थिइन् । उनको सो लेहेङ्गा मिरर वर्कले डिजाइन गरेको थियो ।

त्यसो त उज्यालोको पर्व दिपावली अर्थात दिवाली भारतमा भव्य मनाइँन्छ । भारतमा दिवालीको अवसर पारेर विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । पटका पड्काउने तथा झिलिमिली बत्ती बालिने हुँदा भारतमा दिवालीमा विशेष बन्छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ८ : ५५ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि