किशोरी बलात्कार आरोपी नेकपा निकट विद्यार्थी नेता राई बर्खास्त « Khabarhub

किशोरी बलात्कार आरोपी नेकपा निकट विद्यार्थी नेता राई बर्खास्त


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १८ वर्षीया किशोरी बलात्कार आरोप लागेका विद्यार्थी नेता इन्द्रहाङ राईलाई नेकपा निकट अनेरास्ववियूले बर्खास्त गरेको छ ।

प्रहरी हिरासतमा रहेका नेकपा निकट अनेरास्वयूका नेता तथा आरआर क्याँपसका स्ववियू सहसचिव राईलाई स्ववियूले बर्खास्त गरेको हो ।

स्ववियू सभापति तपेन्द्र शाहीले विज्ञप्ति जारी गर्दै राईलाई बर्खास्त गरिएको जानकारी दिएका हुन् । राईलाई आगामी दिनमा स्ववियूका कुनैपनि कार्यक्रममा सहभागि नगराइनेसमेत विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

किशोरीको बयान र उजुरीका आधारमा राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार बिहान पक्राउ गरेको थियो । पीडित किशोरीले सोमबार राति प्रहरीलाई सम्पर्क गरी राईले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

राईले काम छ भन्दै बोलाएर आफ्नै साथीको कोठामा लगेर बलात्कार गरेको किशोरीले आरोप लगाएकी छिन् । महानगरीय परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ९ : ०८ बजे

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच