मोबाइलबाटै नियन्त्रण गर्न सकिने इलेक्ट्रिक मोटरमा रतन टाटाले गरे लगानी « Khabarhub

मोबाइलबाटै नियन्त्रण गर्न सकिने इलेक्ट्रिक मोटरमा रतन टाटाले गरे लगानी


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- टाटा सन्सका पूर्व चियरम्यान रतन टाटाले इलेक्ट्रिक मोटरसाइकल निमार्ण कम्पनीमा लगानी गरेका छन् ।  भारतको पुर्णेमा रहेको स्टार्टअप कम्पनी टर्क मोटरमा उनले लगानी गरेका हुन् ।

यद्यपि उक्त कम्पनीमा उनले कति रकम लगानी गरे भन्ने विषयमा भने केही खुलाइएको छैन । टर्क मोटरले आफ्नो पहिलो प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ‘टी-६ एक्स’ सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

टर्क मोटरले सन् २०१६ मा पहिलो पटक उक्त मोटरसाइकलको प्रोटोटाइप सार्वजनिक गरेको थियो । अब भने टाटाले लगानी गरेसँगै कम्पनीले इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले सुरुमा उक्त मोटरसाइकल पुर्णे र बैंगलोरमा बिक्री सुरु गर्ने जनाएको छ । कम्पनीले यसमा लिथियम आयन व्याट्रीको प्रयोग गरेको छ ।

यसको उच्चतम गति १०० किलोमिटर प्रतिघन्टा रहेको छ भने एक पटकको फुल चार्जमा १०० किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ । यसमा रहेका हरेक फिचरलाई मोवाइल फोनबाटै नियन्त्रण गर्न सकिने जनाइएको छ ।

टर्क मोटर टिमले निकै राम्रोसँग काम गरिरहेको र इलेक्ट्रिक सवारीसाधनमा हरेकले पाइला अगाडि बढाएको समयमा नयाँ टिमसँग जोडिन पाउँदा खुसी भएको उनले बताएका छन् ।

त्यस्तै, टर्क मोटरका सीईओ कपिल साल्केले भने, ‘रतन टाटा जस्तो विश्व प्रसिद्ध व्यवसायीक व्यक्तित्वले आएर हाम्रो फ्याट्री भिजिट, उत्पादनको निरिक्षण र मोटरसाइकल चढेर हेरेसँगै लिएको डिसिजनबाट म लगायत हाम्रो टिम निकै उत्साहित छौं ।’

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १० : १९ बजे

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र