बलिउडका कलाकार एउटा फिल्ममा कति लिन्छन् पारिश्रमिक? | Khabarhub Khabarhub

बलिउडका कलाकार एउटा फिल्ममा कति लिन्छन् पारिश्रमिक?


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सेलिब्रेटीले कति कमाइ गर्छन् भन्नेमा सबैको चासो रहन्छ । हरेक सेलिब्रेटीले आफ्नो पारिश्रमिक बढाउँछन् । तर, फिल्म फ्लप भए पनि पारिश्रमिक घटाउँदैनन् । कतिले त फिल्म सफल हुँदा आफ्नो कारण र असफल हुँदा फिल्मलाई दोष दिने गर्छन् । कलाकारले कहिलेकाहीँ त बजार भाउभन्दा बढी पनि पारिश्रमिक माग्ने गरेको खबर चल्ने गर्छ ।

आज भने हामीले कुन कलाकारले कति पारिश्रमिक बुझ्छन् भन्ने बारेमा जानकारी दिन गइरहेका छौँः

रणवीर सिंह

बाजीराव मस्तानीभन्दा पहिले रणवीर सिंहको पारिश्रमिक ५ करोड थियो । उक्त फिल्मपछि अर्को फिल्म पद्मावत् पनि हिट भएपनि उनले १५ देखि १८ करोड लिन थालेका छन् ।

वरुण धवन

वरुण धवनले जति पनि फिल्म गरेका छन्, ती फिल्मबाट उनी चर्चामा छन् । उनले पहिलो ५ देखि ७ करोडसम्म पारिश्रमिक लिने गर्थे । अहिले भने उनले आफ्नो पारिश्रमिक १५ देखि १८ करोड पारिश्रमिक पु¥याएका छन् ।

रणवीर कपूर

रणवीर कपूरका फिल्म फ्लप नै किन नहोऊन् । तर, उनी फ्लप हुँदैनन् । उनको माग पनि उत्तिकै बढेको हुन्छ । चलचित्र सञ्जुभन्दा पहिले उनले २० देखि २५ करोड बुझ्थे । अहिले उनको पारिश्रमिक ३० करोड पुगेको छ ।

अमिताभ बच्चन

अमिताभ बच्चनको उमेरले ७५ पुगिसकेका छन् । तर उनले कैयन् युवा सिताराले भन्दा बढी पारिश्रमिक लिने गर्छन् । उनले फिल्ममा आफ्नो भूमिका कति छ भन्ने आधारमा पारिश्रमिक लिने गर्छन् । उनले प्रति फिल्मबाट १२ देखि १५ करोड रुपैयाँसम्म लिन्छन् ।

ऋतिक रोशन

कम फिल्म गर्ने ऋतिक रोशनले एउटा फिल्मबाट ४० करोडसम्म पारिश्रमिक लिने गर्छन् । उनले कहिलेकाहीँ त योभन्दा पनि बढी रकम लिने गर्छन् ।

अजय देवगन

अजय देवगनको फिल्मको बजेट फिल्म अनुसार तोक्छन् । उनले एउटा फिल्ममा ३० देखि ४० लिने गर्छन् ।

अक्षय कुमार

धेरै पारिश्रमिक लिने मामलामा अक्षय कुमार सबैभन्दा अघि छन् । उनले एउटा फिल्मबाट ४० देखि ५० करोड कमाइ गर्छन् । कुनै फिल्मबाट उनले फिल्मले कमाइ गरेको आम्दानीको केही हिस्सा पनि लिने गर्छन् । तर उनले फिल्म हेरेर कुनै फिल्ममा निकै कम पारिश्रमिक लिन्छन् ।

आमिर खान

आमिर खानले चाहे भने ५० करोडसम्म लिन सक्छन् । तर, उनले फिल्ममा आफै लगानी गर्छन् । उनले ८० प्रतिशतसम्म हिस्सा लिन्छन् । जस्तो कि, उनले चलचित्र ‘दंगल’ मा पारिश्रमिकमा भन्दा पनि लगानीमा काम गरेका थिए । यो फिल्मबाट उनले झण्डै १ सय ५० करोड पाएका थिए ।

सलमान खान

सलमान खानले पनि आमिर खानले जस्तै फिल्मको कमाइबाट त्यसको हिस्सा लिन्छन् । उनले फिल्मबाट ७० देखि ८५ प्रतिशतसम्म हिस्सा लिन्छन् । उनले सुल्तानबाट करोडभन्दा बढी कमाएका थिए । रमाइलो कुरा त रेस ३ बक्स अफिसमा कमजोर भनिएको थियो । यही फिल्मबाट पनि उनले एक सय करोड कमाएका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १ : २४ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन