नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल « Khabarhub

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै मल्ललाई नयाँ कप्तान छनोट गरेको हो ।

ओपनर ब्याट्सम्यान मल्ल यसअघि राष्ट्रिय टिमको उपकप्तान रहेका थिए । क्यानका सचिव अशोकनाथ प्याकुरेलले अर्को निर्णय नहुँदासम्मका लागि मल्ललाई कप्तानको जिम्मेवारी दिएको बताए ।

मल्ललाई कप्तानको जिम्मेवारी दिएको क्यानले दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान तोकेको छ ।

क्यानले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान र उपकप्तानबारे जानकारी गराएको छ ।

एक दशकसम्म नेपाली क्रिकेटको कप्तानी गरेका पारस खड्काले केही समय अगाडि सामाजिक सञ्जालमा स्टाटस लेख्दै पद छाड्ने घोषणा गरेका थिए ।

त्यससम्बन्धमा क्यानले पत्र लेखेर औपचारिक धारणा मागेपछि उनले गत आइतबार इमेलमार्फत कप्तानको जिम्मेवारीमा फर्कन सक्ने सम्भावना न्यून रहेको भन्दै राजीनामा बुझाएका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ३ : २५ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण