अस्ट्रेलियामा डढेलो नियन्त्रणमा खटिएका स्वयमसेवी अग्निनियन्त्रकको मृत्यु « Khabarhub

अस्ट्रेलियामा डढेलो नियन्त्रणमा खटिएका स्वयमसेवी अग्निनियन्त्रकको मृत्यु


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियामा फैलिएको डढेलो नियन्त्रणका लागि खटिएका स्वयमसेवी अग्निनियन्त्रकको मृत्यु भएको छ।

न्यू साउथ वेल्स र भिक्टोरिया राज्यको सीमा क्षेत्रमा खटिएका एक स्वयमसेवी अग्निनियन्त्रकको आइतबार मृत्यु भएको न्यू साउथ वेल्स ग्रामीण अग्निनियन्त्रण सेवा (आरएफएस) ले बताएको छ ।

शक्तिशाली हावा चलेका कारण अप्रत्यासित रुपमा ती अग्निनियन्त्रक डढेलोमा परेको आरएफएसले जनाएको छ ।

मृत्यु हुनेमा २८ वर्षका सामुएल म्याकपउल रहेको र उनीको हाल विवाह भएको जनाइएको छ । उनी पहिलो सन्तानको पिता बन्दै थिए ।

म्याकपउलको घटनास्थलमै मृत्यु भएको हो । ट्रकका चालक सामान्य घाइते भएका छन् । अप्रत्याशित रुपमा आएको तीव्र गतिको हावाले उनीहरु रहेको १० टनको ट्रक पल्टाएको थियो ।

गएको सेप्टेम्बरमा अस्ट्रेलियामा डढेलोको समस्या शुरु भएयता १० जनाको मृत्यु भएको छ । डिसेम्बरको सुरुमा सिड्नी निजिकै डढेलो निभाउन खटिएका दुई स्वयमसेवी अग्निनियन्त्रकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ७ : २२ बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको