१ वर्षमा सुनको मूल्य १४ हजार बढ्यो | Khabarhub Khabarhub

१ वर्षमा सुनको मूल्य १४ हजार बढ्यो


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार आठ सय रुपियाँले मूल्य वृद्धि भएको छ।

सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय रुपियाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपियाँ पुगेको छ।

अघिल्लो वर्ष २०७५ पुस १४ गते सुनको मूल्य प्रतितोला ५९ हजार पाँच सय रुपियाँ थियो । पुस महिनामा यसको अधिकतम मूल्य ६० हजार सात सय रुपियाँ कायम भएको थियो।

गत असोजमा सुनको मूल्य बढेर ७३ हजार पाँच सय रुपियाँसम्म पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य भन्छन्, ‘अबको केही दिनमा नयाँ रेकर्ड बनाउने सङ्केत देखापरेको छ।’

सुनको मूल्य आश्चर्यजनक रूपमा वृद्धि हुनेमा आन्तरिक कारण मात्र चाँहि होइन । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि भएको छ। अघिल्लो वर्ष यसै अवधिमा यसको मूल्य प्रतिऔँस करिब एक हजार दुई सय अमेरिकी डलर कायम भएको थियो।

सोमबार भने एक हजार ५१२ डलरभन्दा बढीमा पुगेको छ। सुनसँगै नेपाली बजारमा डलरको मूल्यमा भएको वृद्धिका कारण पनि नेपालमा अधिक मूल्य वृद्धि हुन पुगेको हो । नेपाली बजारमा अमेरिकी डलर ११४.४८ रुपियाँमा बिक्री भएको छ।

त्यसका साथै एक नेपाली सुनको भन्सार दर पनि बढेको छ। अघिल्लो वर्ष प्रति १० ग्राम चार हजार दुई सय रुपियाँ भन्सार दर कायम गरिएकोमा चालू आवमा दुई पटकसम्म भन्सार दर बढाइएको छ । नयाँ आर्थिक वर्ष शुरु हुँदा पाँच हजार रुपियाँ भन्सार दर तोकिएको थियो । त्यसपछि गत असोजमा पुनः बढाएर छ हजार पाँच सय रुपियाँ पुर्‍याइएको छ।

विवाहलगायतका अन्य शुभकार्यका लागि अफ सिजन भएका कारण नेपाली बजारमा सुनको किनबेच शून्यजस्तै भएको पूर्वअध्यक्ष शाक्य बताउँछन् । पुसको अन्तिम सातापछि भने बजारमा केही चहलपहल देखिएला भन्ने आशा छ ।

सुनसँगै चाँदीको पनि मूल्य बढेको छ । गत वर्ष यही अवधिमा प्रतितोला ७६५ रुपियाँमा किनबेच भएको चाँदीको मूल्य सोमबार ८९० रुपियाँ कायम भएको छ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ९ : ०८ बजे

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री

महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न

कुवेतस्थित नेपाली दूतावासले भन्यो : घातक पेय पदार्थबाट टाढा रहनुहोस्

कुवेत- कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण करिब ३५ जना नेपाली

एकीकृत समाजवादीको सचिवालय बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले वामदेव गौतमलाई