नेपाल भ्रमण वर्षको लोगो टिपर र ट्रकमा « Khabarhub

नेपाल भ्रमण वर्षको लोगो टिपर र ट्रकमा


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमण वर्ष–२०२० को शुरुआतसँगै टिपर तथा ट्रकमा नेपाल भ्रमण वर्षको लोगो टाँसिएको छ ।

नेपाल टिपर तथा ट्रक व्यवसाय समितिले सोमबार एक कार्यक्रममा २०० टिपर तथा ट्रकमा भ्रमण वर्षको लोगो टाँसेको हो ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन उक्त अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले पछिल्लो समय टिपर तथा ट्रक दुर्घटना बढ्दै गएको भन्दै यसलाई न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष यादवलाल श्रेष्ठले सरकारको नेतृत्वमा शुरु भएको भ्रमण वर्षलाई सफल बनाउन चालिएको कदम सराहनीय भएको बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ प्रदेश नं ३ का संयोजक धर्म रिमाल, समितिका अध्यक्ष रामकुमार चापागाईँलगायतले देशभर रहेका सबै टिपर तथा ट्रकमा भ्रमण वर्ष अङ्कित लोगो टाँसिने बताए ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १० : १७ बजे

मतदानका लागि अन्नपूर्ण इंग्लिस स्कुल केन्द्रमा पुगे बालेन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले

देशभर बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन

शीर्ष नेता कसले कहाँबाट मतदान गर्दैछन् ?

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको निर्वाचन आज हुँदैछ । प्रमुख दलका नेता

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश