रुप र विजयको गोलमा जावलाखेलको जीत, च्यासलको लगातार दोस्रो हार « Khabarhub

रुप र विजयको गोलमा जावलाखेलको जीत, च्यासलको लगातार दोस्रो हार


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबमाथि जीत हात पारेको छ ।

मंगलबार भएको खेलमा जावलाखेलले च्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा च्यासल र जावलाखेलले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए ।

दोस्रो हाफमा जावलाखेलले आक्रामक खेल्दा सम्हालिन नसकेको च्यासल माथि जीत हात पार्यो ।

जावलाखेलका लागि रुपबहादुर लामा र विजय घलानले गोल गरेका थिए । लामाले खेलको ८० औं मिनेटमा गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए ।
आक्रामक देखिएको जावलाखेलका लागि पहिलो गोलको ठीक दोस्रो मिनेटपछि नै २–० गोलको अग्रता बनाएको थियो ।

च्यासलका स्टाइकर सन्तोष साहुखलसहितको टोलीले फरवार्ड लाइन सम्हाले पनि गोल गर्न नसक्दा हार व्यहोर्नु परेको हो । ए डिभिजन लिगमा सन्तोषले ९९ गोल गरिसकेका छन् ।

सय गोलको प्रतिक्षामा रहेका सन्तोष्ले पछिल्ला २ खेलमा गोल गर्न त सकेका छैनन् नै टिमले समेत जीत हात पार्न सकेको छैन् ।

खेलको ७५ औं मिनेटमा अरुज सिंहको स्थानमा मैदान प्रवेश गरेका विजय घलानले उत्कृष्ट रिवाउण्ड गोल गर्दै टिमलाई २–० को जीत दिलाउन योगदान गरे ।

लिगमा अपराजित रहेको जावलाखेलले ४ खेलमा २ मा जीत र २ खेल बराबरी खेल्दै ८ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ । पराजित च्यासलले लगातार दोस्रो हार ब्येहोरेको हो । च्यासलले ४ खेलमा ४ अंक बटुलेको छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १ : ३९ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर