नागरिकता सच्याएको कसुरमा अख्तियारको अनुसन्धानमा तानिए डिएसपी रमेश सिंह « Khabarhub

नागरिकता सच्याएको कसुरमा अख्तियारको अनुसन्धानमा तानिए डिएसपी रमेश सिंह


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिकतामा आफ्नो जन्ममिति सच्याएको देखिएपछि महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेश सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा तानिएका छन् ।

अख्तियारले एक पत्र पठाउँदै डिएसपी सिंहलाई बयानका लागि उपस्थित हुन भनेको छ ।

राष्ट्रसेवक (कर्मचारी)ले आफूलाई लाभ पुग्ने गरी जन्म मिति, नाम, थर सच्याउने वा अनुवाद गर्न पाउँदैनन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १० मा जन्म मिति सच्याउने राष्ट्रसेवकलाई कसुरको मात्राअनुसार ३ महिनादेखि १ वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

अख्तियार स्रोतका अनुसार डिएसपी सिंहले पनि भ्रष्टाचार निवारण ऐनमा गरिएको व्यवस्था प्रतिकुल हुने गरी कसुर गरेको देखिएको छ ।

डिएसपी सिंहविरुद्ध जन्ममिति सच्याएर किर्ते गरी सरकारी सेवामा प्रवेश गरेको आरोप लगाउँदै अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीमाथि अनुसन्धान गर्ने क्रममा ‘कैफियत’ देखिएपछि बयानका लागि बोलाइएको अख्तियार स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  २ : १५ बजे

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु, पहिलो दिन नौ जनाले गरे आरोहण

म्याग्दी– धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ ।

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

तेहरान – इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ

आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै

भोजपुर– नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ

आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित

हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई

नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ