एनसेलले सरकारलाई बुझायो ४ अर्ब ५० करोड लाभकर « Khabarhub

एनसेलले सरकारलाई बुझायो ४ अर्ब ५० करोड लाभकर


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाल सरकारलाई ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।

एनसेलले एभरेस्ट बैंकमार्फत नेपाल सरकारको राजश्व खातामा ४ अर्ब ५० करोड रुपैयाँ जम्मा गरेको हो ।

सर्वोच्च अदालतको आदेशानुसार सेयर स्वामित्व खरिद बिक्री प्रकरणमा निर्धारण भएको २२ अर्ब ४४ करोड ५३ लाख लाभकरमध्ये एनसेलले पहिलो किस्ताको रुपमा ४ अर्ब ५० करोड रुपैयाँ लाभकर बुझाएको हो ।

ठूला करदाता कार्यालयले २२ मंसिरमा पत्र पठाउँदै एनसेललाई १५ दिनभित्र लाभकर बुझाउन ताकेता गरेको थियो ।

एनसेलले भने निर्धारण गरिएको सबै लाभकर एकैपटक बुझाउन नसक्ने भन्दै किस्तामा कर बुझाउने सुविधान प्रदान गर्न माग गरेको थियो ।

ठूला करदाता कार्यालयले भने एनसेललाई किस्तामा लाभकर बुझाउने सम्बन्धमा कुनै सम्झौता नभएको जनाएको छ ।

ठूला करदाता कार्यालयका प्रवक्ता देवीप्रसाद शर्माले एनसेलबाट लाभकर वापत एभरेस्ट बैंकमा ४ अर्ब ५० करोड रुपैयाँ बराबरको चेक जम्मा भएको सूचना आफूले पाएको जानकारी दिए ।

‘राजश्व खातामा चेक डिपोजिट भएको भन्ने जानकारी मैले पनि पाएको छु । हाम्रो आन्तरिक खातामा रकम जम्मा भइसकेको जानकारी आएको छैन,’ शर्माले खबरहबसँग भने, ‘संभवत आज (मंगलबार) ४ बजेसम्म जानकारी आउँछ होला ।’

एनसेलसँग किस्ताबन्दीमा लाभकर बुझाउने सम्बन्धमा कुनै सम्झौता नभएपनि उसले मंगलबार राजश्व बुझाए तोकिएको वक्यौताबाट बुझाएको रकम घट्ने प्रवक्ता शर्माको भनाइ छ ।

‘लाभकर शीर्षकमा राजश्व बुझायो भने उसका लागि निर्धारण भएको रकममध्येबाट तिरेको रकम घटिहाल्छ नि,’ प्रवक्ता शर्माले भने ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ३ : ०९ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब