त‍स्वीरमा तमु ल्होसार | Khabarhub Khabarhub

त‍स्वीरमा तमु ल्होसार



काठमाडौं– आज देशभरका गुरुङ समुदायले तमु ल्होसार भव्य रुपमा मनाएका छन् । पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै मंगलबार गुरुङ समुदायले ‘तमु ल्होसार’ धूमधामसाथ मनाएका हुन् ।

तमु ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको विशेष कार्यक्रमको गुरुङ समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । उनीहरु मौलिक पोषाकमा सजिएका थिए । युवावर्गहरु पनि सेल्फीमा रहमाउँदै थिए ।

महिलाहरु शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यू र मजेत्रो लगाएर सजिएका थिए भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाई कछाड र पटुकी बाँधी समूह बनाएर घाटु, सोरठी, कौडा नाचको व्यस्त बनेका थिए ।

‘तमु’ गुरुङ जातिलाई जनाउने अर्को नाम हो । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिन्छ ।

तमु संस्कृतिअनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित हुन्छ । सोमबार मध्यरातमा गुरुङसमुदायले मृग बर्गको विदाई गरे च्यू ल्हो अर्थात मुसा बर्गको स्वागत गरेका हुन् ।

परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हुन्छ ।

 

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ४ : ५२ बजे

सुक्खा बन्दरगाह भन्सार : राजस्व सङ्कलन घट्यो

पर्सा– पर्साको वीरगञ्ज सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक

बाइडेनले लगाए कुलिन वर्ग हाबी भएको आरोप 

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले दशक लामो राजनीतिक जीवनको अन्त्य

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं–  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा

विपक्षी दलले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित

काठमाडौं– संघीय संसदका विपक्षी दलहरूले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित

पाँचखालमा मोतियाविन्दु पहिचान शिविर

काभ्रे– काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सुरु गरिएको