डेरामा बस्नेहरुको विवरण बुझाउन घरधनीलाई गृह मन्त्रालयको आग्रह « Khabarhub

डेरामा बस्नेहरुको विवरण बुझाउन घरधनीलाई गृह मन्त्रालयको आग्रह


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सकारकाले आफ्नो घरमा डेरा गरी बस्नेहरुको सम्पूर्ण विवरण प्रहरीलाई बुझाउ घरधनीलाई आग्रह गरेको छ ।

काठमाडौं लगायत शहरी क्षेत्रका घर धनीलाई भाडामा बस्नेको सम्पूर्ण विवरणसहितको सूची नजिकको प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउन गृहमन्त्रालयले आग्रह गरेको हो ।

पछिल्लो समय काठमाडौँ उपत्यका लगायत देशका मुख्यमुख्य शहरमा घर भाडामा बसेर लुटपाट, डकैती लगायत आपराधिक गतिविधि गरिरहेको भेटिएपछि मन्त्रालयले आफ्नो घरमा डेरा गरी बस्नेहरुको सम्पूर्ण विवरण नजिकैकै प्रहरी कार्यालयमा बुझाउन भनेको हो।

गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव प्रेमकुमार राई र तीनै सुरक्षानिकायका प्रमुखसहितको बैठकले आपराधिक क्रियाकलाप रोक्नका लागि यस्तो निर्णय गरेको हो ।

गृह मन्त्रालयले कोठा भाडामा लिएको कोठा वा घर छाडेको जानकारीसमेत प्रहरीलाई गराउन आग्रह गरेको छ ।

केही समयअघि ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेसँगै सरकारले गरेको सुरक्षा समीक्षा पछि गृहले यस्तो निर्देशन दिएको हो ।

चिनियाँ नागरिकले उपत्यकाका विभिन्न स्थानमा महँगो रकममा घर भाडामा लिएर अवैध धन्धा चलाएको पाइएपछि सरकारले नयाँ नियम लागू गर्न लागेको हो ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ५ : ४८ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि