नेप्से परिसूचक १.९२ अंकले घट्यो « Khabarhub

नेप्से परिसूचक १.९२ अंकले घट्यो


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको तेस्रो दिन परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से १.९२ अंक घटेर एक हजार १६६.०३ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.०१ अंक घटेर २५२.३१ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ। यस दिन १७७ कम्पनीको ६ हजार ५३२ पटकको कारोबारमा ४४ करोड २२ लाख ५६ हजार रुपैयाँ बराबरको १३ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन ६२ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो।

बजारमा अल्पकालिन लगानीकर्ताहरु हाबी भएका कारण यस दिन नेप्से ओरालो लागेको हो। सोमबार बजार बढेर बन्द भएको मौकामा अल्पकालिन लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लाग्दा यस दिन नेप्से ओरालो लागेको हो।

यस दिनको बजारलाई बुकक्लोजले केही प्रभावित पारेको छ। यस दिन १० कम्पनीहरुले बुकक्लोज गरेको थियो। सो मध्ये नेप्सेले ८ कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको थियो। यसले पनि बजार ओरालो लाग्न केही दबाब पुगेको देखिन्छ।

नेप्से ओरालो लागेपनि नेपाल लाइफमा लगानीकर्ताहरुको आकर्षण भने कायमै रहेको छ। विगतका वर्षहरुमा आकर्षक लाभांश दिँदै आएको यस कम्पनीले चालु आर्थिक वर्षमा पनि सोही अनुसारको लाभांश दिने अपेक्षाका कारण लगानीकर्ताहरु आकर्षित भएका हुन्। इन्स्योरेन्सको यस दिन ६०६ पटकको कारोबारमा ६ करोड १७ लाख ८५ हजार रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन शिवम् र हिमालयन डिष्टिलरीको कारोबार रकम साढे २ करोड नाघेको छ भने एशियन लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष, ज्याति विकास बैंकको संस्थापक शेयर, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, सूर्या लाइफ इन्स्योरेन्स, एनआईसी एशिया र एनएमबि बैंकको १ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

मंगलबार बजार घट्दा पनि विशाल बजार कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले ७ प्रतिशतभन्दा बढी कमाएका छन्। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

नेपाल दूरसञ्चार कम्पनी र युनियन हाइड्रापावरको शेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, मञ्जुश्री फाइनान्स, आईसीएफसी फाइनान्स र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन व्यापार, लघुवित्त, होटल, बैंकिङ्ग, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ६ : १७ बजे

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी