उखु किसानको आन्दोलनप्रति महास‌ंघको ऐक्यबद्धता « Khabarhub

उखु किसानको आन्दोलनप्रति महास‌ंघको ऐक्यबद्धता


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उखुको मूल्य पाउनुपर्ने मागसहित किसानले जारी राखेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल घरेलु तथा साना उद्योग महास‌ंघको ध्यानाकर्षण भएको जनाएको छ । विगत चार वर्षदेखि चिनी मिललाई उखु बिक्री गरेका किसानले हालसम्म पनि उखुको भुक्तानी नपाएकाले देशको विभिन्न भागबाट चिनी मिल पीडित उखु किसान काठमाडौंमा भेला भई आन्दोलित हुनुपर्ने अवस्था आउनु दुःखद् रहेको महास‌ंघको भनाइ छ ।

एकवर्ष अघि नै किसानको उखुको भुक्तानी दिने सम्बन्धमा निजी क्षेत्र समेतको सहभागीतामा उद्योग मन्त्रालयमा सहमति भइसकेको विषयमा हालसम्म पनि किसानले भुक्तानी नपाउनु गम्भीर विषय भएको महास‌ंघको ठहर छ ।

उखु किसान महासङ्घका पनि सदस्य रहेको हुँदा उनीहरुको आन्दोलनप्रति महास‌ंघको ऐक्यबद्धता रहेको अध्यक्ष श्यामप्रसाद गिरीले बताए । महास‌ंघले चिनी उद्योगीलाई उखु किसानको रकम अविलम्ब भुक्तानी दिन आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १० : ४५ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि