म्याराथनको उपाधि सेनाका दनुवारले जिते « Khabarhub

म्याराथनको उपाधि सेनाका दनुवारले जिते


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको भीमदत्तनगरमा आज सम्पन्न भएको दोस्रो जैविक धार्मिक पर्यटन मार्ग हाफ म्याराथन प्रतियोगिताको उपाधि नेपाली सेनाका जितेन्द्र दनुवारले जितेका छन् ।

भीमदत्तनगर बजारदेखि ब्रह्मदेवसम्म भएको उक्त प्रतियोगितामा सेनाको श्रीनाथ गणका जवान दनुवारले उपाधि जितेको आयोजक भीमदत्त नगरपालिकाले जनाएको छ ।

त्यसैगरी प्रतियोगितामामा सेनाकै कालीदल गणका जवान श्रीकास राई दोस्रो र सेनाकै खड्क दल गणका शिवबहादुर रायमाझी तेस्रो भए ।

प्रतियोगितामा प्रथम हुने दनुवारलाई रु ४० हजार, ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरिनुका साथै दोस्रो हुनेलाई रु ३० हजार र तेस्रो हुनेलाई रु २० हजारसहित पुरस्कृत गरिएको छ ।

भीमदत्त नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा महिला १५ किलोमिटर म्याराथनमा भीमदत्तनगरका पुष्पा पाण्डे प्रथम भइन । सेनाका श्री नं २५ बाहिनी अड्डाका लक्ष्मी सुनार दोस्रो र सेनाका दवीदल गण मझगाउँ ब्यारेकका पुष्पा चन्द तेस्रो भएका हुन् ।

महिलातर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकलाई ट्रफीसहित क्रमशः रु २० हजार, रु १५ हजार र रु १२ हजारसहित पुरस्कृत गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ८ : ३० बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन