म्याराथनको उपाधि सेनाका दनुवारले जिते « Khabarhub

म्याराथनको उपाधि सेनाका दनुवारले जिते


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको भीमदत्तनगरमा आज सम्पन्न भएको दोस्रो जैविक धार्मिक पर्यटन मार्ग हाफ म्याराथन प्रतियोगिताको उपाधि नेपाली सेनाका जितेन्द्र दनुवारले जितेका छन् ।

भीमदत्तनगर बजारदेखि ब्रह्मदेवसम्म भएको उक्त प्रतियोगितामा सेनाको श्रीनाथ गणका जवान दनुवारले उपाधि जितेको आयोजक भीमदत्त नगरपालिकाले जनाएको छ ।

त्यसैगरी प्रतियोगितामामा सेनाकै कालीदल गणका जवान श्रीकास राई दोस्रो र सेनाकै खड्क दल गणका शिवबहादुर रायमाझी तेस्रो भए ।

प्रतियोगितामा प्रथम हुने दनुवारलाई रु ४० हजार, ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरिनुका साथै दोस्रो हुनेलाई रु ३० हजार र तेस्रो हुनेलाई रु २० हजारसहित पुरस्कृत गरिएको छ ।

भीमदत्त नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा महिला १५ किलोमिटर म्याराथनमा भीमदत्तनगरका पुष्पा पाण्डे प्रथम भइन । सेनाका श्री नं २५ बाहिनी अड्डाका लक्ष्मी सुनार दोस्रो र सेनाका दवीदल गण मझगाउँ ब्यारेकका पुष्पा चन्द तेस्रो भएका हुन् ।

महिलातर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकलाई ट्रफीसहित क्रमशः रु २० हजार, रु १५ हजार र रु १२ हजारसहित पुरस्कृत गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ८ : ३० बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग